समाचार
आज नेप्से परिसूचक २७ अंकले बढ्यो
काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर कारोबार मापक नेप्से परिसूचक २७ अंकले बढेको छ । गत साता ओरालो लागेको नेप्सेमा यो साताको पहिलो दिनमा नै हरीयाली छाएको हो । नेप्से परिसूचक २७ दशमलव ५१ मंकले बढेर २ हजार ५ सय...
प्रदेश नं. १ : प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रदेश नं. १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो । जारी सूचनामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरिएअनुसार बैठक स्थगित गरिएको उल्लेख...
‘बाढीपहिरो प्रभावितका लागि विशेष प्याकेज ल्याउँछौं’
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो तथा डुबानबाट प्रभावितहरुका लागि विशेष राहत प्याकेज ल्याउने बताएका छन् । आइतबार प्रदेश नं. १ को बाढीपहिरो आएको क्षेत्रको अवलोकनको क्रममा इटहरी पुगेको प्रधानमन्त्री देउवाले विशेष राहत प्याकेज ल्याउने घोषणा गरेका हुन् । बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको बाढीपहिरोले ठूलो क्षति...
राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशकोे दोश्रो अधिवेशन
मकवानपुर । कात्तिक राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश समितिको चौथो साधारणसभा तथा दाश्रो अधिवेशन हेटौंडामा हुने भएको छ । आगामी मंसिर २४ र २५ गते बागमती प्रदेश समितिको साधारणसभा तथा अधिवेशन हुने भएको हो । अधिवेशनमा मतदान गर्नपर्ने अवस्था आएमा अपाङ्गता भएका व्यक्तिहरुकोे विविधतालाई मध्यनजर गर्दै पहुँचयुक्त विद्युतीय...
एमाले मकवानपुरका संगठित सदस्य अधिकारीसहित २ जना कांग्रेसमा प्रवेश
मकवानपुर । नेकपा एमाले मकवानपुरका संगठित सदस्यसहित २ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । एमाले संगठित सदस्य एवं जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका सहायक व्यवस्थापक दामोदर अधिकारी र बकैया गाउँपालिका वडा नम्वर ५ का पदमबहादुर विश्वकर्मा कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय...
एमाले हेटौंडा–१५ मा भुजेल
मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को अध्यक्षमा पर्सबहादुर भुजेल चयन भएका छन् । शनिबार देशैभर एकैसाथ भएको एमाले वडा अधिवेशनको अन्तरगत हेटौंडा–१५ मा भएको अधिवेशनले भुजेलको नेतृत्वमा ४१ सदस्यीय कमिटी निर्माण गरेको हो । यसैगरी, कमिटिको उपाध्यक्षमा कुमार गोले, सचिवमा सिहबहादुर विश्वकर्मा, उप–सचिवहरुमा मिनु विश्वकर्मा...
दुर्घटनामा मोटरसाइकल चालकसहित चार जनाको मृत्यु
झापा । झापाको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०१–००१ ख ३५२० नंको ट्रकले विपरीत दिशातर्फ गइरहेको मे ५ प ८४७२ नंको मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको...
प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदैछन् । प्रदेशसभाको गत शुक्रबार बसेको बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आज (आइतबार्र मतदान हुने लागेको हो । मुख्यमन्त्री आचार्यले पेस गरेको उक्त प्रस्तावमाथि आज दिउँसो १२ः ३० बने बस्ने बैठकमा छलफल तथा मत विभाजनसम्बन्धी प्रक्रिया सुरु...
सुर्खेतबाट काठमाडौं जाँदै गरेको बसमा आगलागी
काठमाडौं । धादिङको गजुरीमा सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रु बसमा आगलागी भएको छ । ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आज (आइतबार) बिहान २ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार, गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको हो । आगलागीबाट...
मकवानपुर उद्योग वाणिज्य संघको ५४ औँ वार्षिक साधारणसभा आजबाट सुरु
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको ५४ औँ साधारणसभा तथा निर्वाचन आजबाट सुरु भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले साधारणसभा कार्यक्रम उद्घाटन गर्ने जनाइएको छ । कोरोना संक्रमणको जोखिमका कारण पटक–पटक सारिँदै आएको निर्वाचनको मिति तय भएपछि अहिले चुनावी सरगर्मी बढेको छ ।...










