समाचार

आवास कार्यक्रमअन्तर्गत मकवानपुर र चितवनमा घर बन्दै

मकवानपुर । गरिब तथा विपन्न समुदायलाई आवास सुविधा प्रदान गर्ने उद्देश्यले सुरुआत गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा १९८ घर निर्माण हुने भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा ती घर निर्माणको सम्झौता भएको सहरी विकास तथा भवन निर्माणको कार्यालय हेटौँडाले जनाएको छ । दुई सय घर निर्माणका...

बेमौसमी वर्षाका कारण गुल्मीमा डेढ करोडको धान क्षति

तम्घास । गुल्मीको इस्मा गाउँपालिका–६ अम्मरपुरकी दुर्पता भण्डारी परिवारले आफ्नो छ रोपनी खेतमा असारको मध्यतिर धान रोप्नुभयो । उक्त धान अहिले काट्ने समय हो । यसैले असोज २९ गते खेताला लगाएर धान काछे । लगत्तै बेमौसमी वर्षा सुरु भयो । काटेको धान खेतमै डुब्यो । लगातार पाँच दिनसम्म खेतमा...

विदेशी नागरिक पक्राउ

कास्की । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ ।पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्लेलाई शनिबार तीन बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेका अवस्थामा फेला पारी पक्राउ गरी नाबालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक...

तीन महिनामा चार हजार राष्ट्रिय परिचयपत्र सङ्कलन

दमौली । राष्ट्रिय परिचयपत्रका लागि तनहुँ जिल्लामा तीन महिनाका अवधिमा चार हजारभन्दा बढीको विवरण सङ्कलन गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म जिल्लाका चार हजार ३९० ले विवरण दर्ता गराएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार एक हजार ९०५ महिला र दुई हजार ४८५...

एक वर्षपछि घर निर्माणका लागि सम्झौता

म्याग्दी । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाका मनसुनजन्य विपद् प्रभावितको पुनःस्थापना गर्न निजी आवास पुनःनिर्माणका लागि एक वर्षपछि बल्ल अनुदान सम्झौता भएको छ । विसं २०७७ को बर्खा याममा पहिरो, कटान र बाढीले घरबास गुमाएका पहिरोपीडितको लागि रु पाँच लाखका दरले अनुदान उपलब्ध गराउन आइतबार पोखरेबगरस्थित गाउँपालिकाको कार्यालयमा सम्झौता गरी...

हेटौंडामा विद्यार्थीहरुको लागि जडिबुट्टी सम्बन्धी सचेतना कार्यक्रम

मकवानपुर । वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ स्थित युगचेतना नमुना आधारभूत विद्यालयका कक्षा ६ र ७ का विद्यार्थीहरुको लागि जडिबुट्टी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले प्रशिक्षण गराएका थिए । कार्यक्रममा विरुवाहरुको महत्व, जडीवुटीसम्बन्धि जानकारी...

सल्यानमा जीप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्लाको वागचौरबाट दाङतर्फ जाँदै गरेको भे १ च १८९० नंको जीप कपुरकोट गाउँपालिका–३ स्थित मूलपानी नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी वागचौर नगरपालिका–१ निवासी १४ वर्षीय आयुष बस्नेतको मृत्यु भएको...

नेकपा एकीकृत समाजवादी राक्सिराङ ८ र ९ मा वडा कमिटी गठन

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी राक्सिराङ गाउँपालिकामा संगठन विस्तारलाई तिव्रता दिएको छ । आइतबार राक्सिराङ गाउँपालिकाको २ वटा वडामा वडा कमिटि गठन गर्दै संगठन विस्तार गरेको हो । राक्सिराङ–८ मा २४ सददस्यीय र राक्सिराङ–९ मा १३ सदस्यीय वडा कमिटी गठन गरिएको हो । नेकपा एकीकृत समाजवादी राक्सिराङका इन्चार्ज...

मकवानपुरमा थप ११ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरमा थप ११ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४६ जनाको पीसीआर र ३७ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य...

मकवानपुरगढीका ३ जना कांग्रेसमा प्रवेश

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका ३ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका नेता चन्द्र बञ्जरासहित प्रकाश रिमाल र विकास पुडासैनी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले सदस्यता प्रदान गरेका थिए । पार्टी...