समाचार
पाँचथर बस दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु भएकामध्ये तीन जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा मोरङको लेटाङ नगरपालिका–६ का सात वर्षीय प्रज्ज्वल मगरको फिदिमको पाथीभरा अस्पतालमा, इलामकी ३४ वर्षीया प्रमिला देवानको पाँचथर जिल्ला अस्पतालमा तथा उनका सात...
सात अर्बको धानबाली नष्ट
काठमाडौँ । वर्षाका कारण धानबालीमा रु सात अर्ब २२ करोड क्षति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार करिब ६८ हजार हेक्टर क्षेत्रफलमा दुई लाख ५८ हजार ९२ मेट्रिकटन परिमाणमा धानको क्षति भएको छ । सबैभन्दा धेरै लुम्बिनी प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा...
पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत
डडेल्धुरा । गत साता परेको अविरल वर्षाका कारण घर माथिबाट गएको पहिरोमा परी ज्यान गुमााउनेका परिवारलाई राहात वितरण गरिएको छ । घरमाथिको भीरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएकी आलिताल गाउँपालिका–८ की ५० वर्षीया पर्वती खड्काका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आज घरमै...
बस्न सकेन ‘फूलकोर्ट’ बैठक
काठमाडौँ । सर्वोच्च अदालतमा आज बस्ने भनिएको प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) बस्न सकेन । प्रधानन्यायाधीश राणासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक आजका लागि बस्ने भनी प्रधानन्यायाधीश र नेपाल बार एसोसिशनबीच आइतबारको भेटमा तय भएको थियो । न्यायाधीशहरू बैठकमा उपस्थित नभएपछि बैठक बस्न नकसेको हो । आज...
प्रदेशकै पहिलो ‘कृषि होमस्टे’ को अध्यक्ष ओलीद्वारा उद्घाटन
झापा । गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारीले निर्माण गरेकोे वातानुकूलित नमूना घरबास (होमस्टे) पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज उद्घाटन गरेका छन् । दुई दिनदेखि गृह जिल्लाका विभिन्न सामाजिक कार्यक्रममा व्यस्त रहनुभएका उनले आफ्नै निर्वाचन क्षेत्रमा कृषि पर्यटन प्रवद्र्धनका लागि बनाइएको...
राष्ट्रियसभा सदस्य निर्वाचन चाँडै घोषणा हुन्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले स्थानीय तहको आगामी निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त सदस्यको उपनिर्वाचन भने सत्ता साझेदार र अन्य दलसगँको छलफलपछि मात्र निष्कर्षमा पुग्ने...
बस दुर्घटना हुँदा ५४ यात्रु घाइते, केहीको अवस्था चिन्ताजनक
पाँचथर । पाँचथरमा बस दुर्घटना हुँदा ५४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये केही यात्रुको अवस्था चिन्ताजनक छ । फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारीको साधनलाई उछिन्न सडकको डिलबाट अगाडि बढ्दा करिब २० मिटर तल खोेँचमा झरेको थियोे । दुर्घटनामा...
प्रधानन्यायाधीश जबराको राजीनामा माग
काठमाडौं । कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग गरेको छ । बारको सोमबार बसेको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनाको माग गरेको हो । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठका आुसार, बैठकबाट भएको उक्त निर्णय मंगलबारको सल्लाहकार परिषदको बैठकपछि थप परिपक्व...
आज नेप्से परिसूचक ८७ अंकले वृद्धि
काठमाडौं । लामो समयदेखि घट्दो क्रममा रहेको शेयर बजार नेप्से परिसूचक आज बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक अधिकतम ८७ दशमलव ६३ अंकले बढेर २ हजार ६७२ दशमलव २५ विन्दुमा पुगेको हो । यसअघि आइतबार २७ अंकले बढेको नेप्से परिसूचक आज सोमबार ८७...
थप ७७६ जनामा कोरोना पुष्टि, ५०१ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ८६४ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ७७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, ८ हजार २८४ जनाको पिअिसार परीक्षण...










