समाचार

विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधारको प्रयास

काठमाडौँ । सरकारले विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधारको प्रयास थालेको छ । विगतको अनुभव र हाल कर्यान्वयनको चरणमा रहेका नीति, नियमलाई थप प्रभावकारी र समयसापेक्ष बनाउन पहल थालिएको गृहमन्त्रालयले जनाएको छ । उक्त विषममा मन्त्रालयले आज विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधारका लागि परामर्श बैठक सम्पन्न गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण...

विवरणसहित नगद लाभांश बैंक खातामा पठाउः धितोपत्र बोर्ड

काठमाडौँ, । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीबाट शेयरधनीलाई नगद लाभांश प्रदान गर्दा सबै विवरण स्पष्ट हुने गरी बैंक खातामा पठाउन निर्देशन दिएको छ । सूचीकृत कम्पनीले आफ्ना शेयरधनीलाई प्रदान गरेको लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्दा बैंक स्टेटमेण्टमा शेयर रजिष्ट्रारको मात्र नाम आउने गरेका सन्दर्भमा बोर्डले सबै विवरण खुल्ने...

श्रीमती र छोरीको हत्या

मङ्गलबारे । इलामको देउमाई नगरपालिका– ५ बारुङमा एक व्यक्तिले आज श्रीमती र छोरीको हत्या गरेका छन् । स्थानीय ३४ वर्षीय कमल भन्ने पूर्णचन्द्र तामाङले पत्नी सीता र छोरी दीक्षाको हत्या गरेका हुन् । एक महिनादेखि धामी बस्दै आएका पूर्णबहादुरले गएराति पहिला श्रीमतीको हत्या गरेपछि छोरीको पनि हत्या गरेको जिल्ला...

अध्यादेश सिफारिस

धनुषा । प्रदेश २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी दुईवटा अध्यादेश सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले वीरगञ्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापनासम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । प्रदेश प्रमुखबाट अध्यादेश जारी भएलगत्तै दुवै...

खोटाङमा कोरोना सङ्क्रमितको सङ्ख्या एक जना

खोटाङ । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक जनामा भरेको छ । गत वैशाखयता तीन हजार ४७ जनामा कोरोना सङ्क्रमण देखिएको जिल्लामा अहिले घटेर एकजनामा झरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी–९ निर्मलीडाँडाका एक पुरुष मात्र सङ्क्रमित रहेको जिल्ला...

आज नेप्से परिसूचक ७८ अंकले बढ्यो, ६ अर्ब ३१ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २ दशमलव ९५ प्रतिशतले बृद्धि भएको छ । नेपाल एक्सचेन्ज नेपाल (नेप्से) परिसूचक ७८ दशमलव ८२ अंकले बृद्धि भई २ हजार ७५१ दशमलव ०७ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार...

बागमतीका १२ जिल्लामा एमालेको पालिका अधिवेशन जारी, मकवानपुरमा १३ गते हुने

मकवानपुर । बागमती प्रदेशको १२ वटा जिल्लामा नेकपा एमालेको पालिका अधिवेशन जारी छ । प्रदेशको १३ वटा जिल्लामध्ये मकवानपुर बाहेक अन्य १२ वटा जिल्लामा आजबाट एमालेको पालिका अधिवेशन सुरु भएको हो । मकवानपुरमा भने उद्योग वाणिज्य संघको निर्वाचन र पालिका अधिवेशनको तयारी नपुगेको भन्दै एमाले मकवानपुरले आगामी कात्तिक १३...

मुख्यमन्त्री शाक्यले भोलि विश्वासको मत लिने, सबै तयारी पूरा

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भोलि अर्थात कात्तिक १० गते विश्वासको मत लिने भएको छ । मुुख्यमन्त्री शाक्यले भोलि अपराह्न बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएको बागमती प्रदेशसभा सचिवलायले जनाएको छ । त्यसको लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।...

लागुऔषधसहित तीन पक्राउ

जलेश्वर । महोत्तरी प्रहरीले नेपालमा प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१ बस्ने ३२ वर्षीय पङ्कज साह, ३१ वर्षीय रञ्जीत थापा र सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने २९ वर्षीय जीवन तामाङ रहेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । भारतको विहार राज्यको कन्हमा सहरबाट...

हुलाकी सडकले दक्षिणी भेगको मुहार फेरिन्छ : अध्यक्ष ओली

दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपश्चिम हुलाकी सडक सञ्चालनमा आएपछि दक्षिणी भेगको मुहार फेरिने बताएका छन् । सोमबार आफ्नो निर्वाचन क्षेत्र नं ५ गौरीगञ्ज गाउँपालिकास्थित बुधबारे बजारमा पार्टीले आयोजना गरेको शुभदीपावली, छठ तथा नेपाल संबत्को शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले हुलाकी सडकले पूर्णता...