समाचार

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (बुधबार) विश्वासको मत लिने भएकी छन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभाको आज अपराह्न १ बजे बस्ने नवौं अधिवेशनको चौथो बैठकमा विश्वासको मत लिने भएकी हुन् । उनले मुख्यमन्त्री बनेको दुई महिनापछि आज विश्वासको मत लिने भएकी हुन् । त्यसको लागि सबै तयारी पूरा...

वार्षिकोत्सवको अवसरमा साक्षरता कार्यक्रमको आयोजना

मकवानपुर । सांग्रिला विकास बैंक रजैयाले वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ४ गोलघरमा सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बैंकका तर्फबाट रजैया शाखाका शाखा प्रबन्धक विमल संजेलले स्थानीयवासीलाई बित्तीय साक्षरता प्रदान गरेका थिए ।...

मकवानपुर उद्योग वाणिज्य संघको बस्तुगततर्फको उपाध्यक्षमा राजु अधिकारी विजयी

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनमा वस्तुगततर्फको उपाध्यक्षमा राजु अधिकारी विजयी भएका छन् । अधिकारीले १८ मत पाएर विजयी भएका थिए भने अर्का उम्मेदवार काव्यमणि अधिकारीले ११ मत पाएका थिए । निर्वाचनमा वस्तुगततर्फ जम्मा ३२ मत रहेकोमा ३१ मत खसेको थियो । २ मत बदर भएको...

मकवानपुर उद्योग वाणिज्य संघको एशोसिएटतर्फको उपाध्यक्षमा चौँलागाई विजयी

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनबाट एशोसियटतर्फको उपाध्यक्ष पदमा उज्जवल चौलागाँई निर्वाचिन भउका छन् । उनले ६३ मत प्राप्त गर्दा अर्का उम्मेदवार विष्णु खनालले ५० मत मात्रै प्राप्त गरेका थिए । एशोसिएटतर्फ कूल १ सय १७ जना मतदातामध्ये १ सय ११६ जनाले मात्रै निर्वाचन प्रक्रियामा सहभागिता...

मकवानपुर उद्योग वाणिज्य संघको उद्योगतर्फको उपाध्यक्षमा रानाभाट विजयी

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनबाट उद्योगतर्फको सदस्य पदमा प्रमोदसिंह रानाभाट विजयी भएका छन् । उनले अर्की उम्मेदवार प्रतिमा श्रेष्ठलाई ५१ मतले पराजित गर्दै विजयी भएका हुन् । रानाभाटले ३ सय ७० मत प्राप्त गर्दा श्रेष्ठले ३ सय १९ मत प्राप्त गरेकी थिइन् ।उद्योगतर्फको कूल ८९१...

तिहार नजिकिएसँगै माला उन्दै वनमाला

भक्तपुर । तिहार नजिकिँदै छ। बारीभरि ढकमक्क फुलेका सयपत्रीदेखि राताम्मे देखिने मखमली फूल पनि बिक्री गरेर सिध्याउनु छ। चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई यतिखेर भ्याइनभ्याइ भएको छ। बारीभरि लगाएको मखमली फूल टिपेर दिउँसो र साँझ माला उन्दै बस्छन्, यहाँका वनमाला। विगतमा वनमालाले मात्रै व्यावसायिक फूलखेती गर्दै आए पनि...

विभेद्को मानसिकता अन्त्य गर्दै सिर्जनशील वर्गलाई प्रोत्साहन गरौँ– गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले जातीय विभेद्को मानसिकतालाई सदाका लागि अन्त्य गर्दै सिर्जनशील वर्गलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएका छन् । दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक दुई दिवसीय दोस्रो राष्ट्रिय सम्मेलनबाट पारित १५ बुँदे घोषणापत्र ग्रहण गर्दै उनले विविधताले भरिपूर्ण नेपाली समाजमा जाति र समुदाय विशेषका आधारमा...

विकास र समृद्धिका लागि एमाले : उपमहासचिव पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उपमहासचिव पौडेलले देशको विकास र समृद्धि हासिल गर्ने काममा नेकपा एमाले लागेको बताए । उनले विगतको एमाले नेतृत्वको सरकारले राष्ट्रको...

निर्वाचनको तयारीमा लाग्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको पालिकास्तरका अधिवेशनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले मिति तय नभए पनि अब मुलुक निर्वाचनतर्फ अग्रसर भएकाले त्यसको तयारीमा लाग्न आग्रह गरेका हुन् । एमाले...

२४ घण्टामा ६६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, ९ हजार ७७१ जनाको पिअिसार परीक्षण...