२४ घण्टामा ६६६ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७८ कार्तिक ९, मंगलवार १६:५२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, ९ हजार ७७१ जनाको पिअिसार परीक्षण गर्दा ५६९ र २ हजार २४९ जनाको एन्टीजेन परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार, आज सबैभन्दा धेरै काठमाडौंमा १७७, रुपन्देहीमा ५२, ललितपुरमा ३३, चितवनमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी, भक्तपुरमा २५, कास्कीमा २३, मोरङमा १८, नुवाकोटमा १६, बाँकेमा १५, स्याङ्जामा १३, सुनसरीमा १२ तथा बागलुङ र अर्घाखाँचीमा १०÷१० जनामा कोरोनासंक्रमण पुष्टि भएके छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १० हजार २९८ पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ३७२ जनाको मृत्यु भएको छ भने ७ लाख ८८ हजार ६३० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, देशभर पछिल्लो २४ घण्टामा ६२२ जना संक्रमणमुक्त भएका छन् भने ११ जना संक्रमितको मृत्यु भएको छ। देशभर १० हजार २९६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर २१७ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ७३ हजार ४२७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।