आजबाट देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

तु खबर संवाददाता
२०८० बैशाख ६,बुधबार ०९:००
file photo

काठमाडौं । सरकारले आज र भोली देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ ।

६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १ वर्षदेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आफ्ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउन सबैलाई आग्रह छ ।

सरकारले हरेक वर्ष बैशाख र कात्तिक महिनामा बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम संचालन गर्दै आएको छ ।