आजबाट बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

तु खबर संवाददाता
२०८१ बैशाख ६,बिहीबार ०८:३१
file photo

काठमाडौं । सरकारले आजबाट बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ ।

आजबाट देशको ७५३ वटा पालिकामा राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भोलिसम्म संचालन हुने उक्त कार्यक्रम अन्तरगत भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई खुवाइन्छ ।

यस्तै, भिटामिन ‘ए’ ३२ र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने छ ।