बैशाख पहिलो साताबाट राष्ट्रिय भिटामिन ‘ए’ अभियान संचालन हुने

तु खबर संवाददाता
२०७९ चैत्र १६,बिहीबार ०९:४६
file photo

काठमाडौं । सरकारले बालबालिकालाई आगामी वर्ष बैशाख पहिलो साताबाट राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम संचालन गर्ने भएको छ । बैशाख ६ र ७ गते देशभरीका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ ।

महाशाका निर्देशक डा. विवेककुमार लालका अनुसार, भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।

महाशाखाले प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन परिपत्र जारी गरेको छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने महाशाखाले जनाएको छ ।