देशभर कोरोना संक्रमितको सक्रिय संख्या ४०६ जना

तु खबर संवाददाता
२०७९ मंसिर ५,सोमबार १८:३८
file-photo

काठमाडौं । देशभर कोरोना भाइरस (कोभिड–१९) का ४०६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमित थपिएसँगै सक्रिय सक्रमितको संख्या४०६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । पछिल्लो २४ घण्टामा ५९२ जनामा कोरोना परीक्षण भएको थियो ।