कोरोना संक्रमितको सक्रिय संख्या ५०० भन्दा कम

तु खबर संवाददाता
२०७९ कार्तिक २८,सोमबार १६:५३
file-photo

काठमाडौं । नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा कम पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सक्रिय संक्रमितको संख्या ४ सय ९९ पुगेको हो ।

जिल्लामा पछिल्लो २४ घण्टामा ९ जना संक्रमित थपिएको छन् भने २३ जना संक्रमणमुक्त भएका छन् । सो अवधिमा संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।

मन्त्रालयका अनुसार १ हजार ४२५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८ तथा एन्टीजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा यही अवधिमा थप ८० हजार ४८१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।