मकवानपुरमा डेंगु संक्रमितको संख्या ५३६७ पुग्यो

तु खबर संवाददाता
२०७९ कार्तिक २३,बुधबार १६:५७
file-photo

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ३६७ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप १४ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ३६७ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि बुधबारसम्मको हो । जसमा २ हजार ९६० जना पुरुष र २ हजार ४०७ जना महिला गरी ५ हजार ३६७ जना महिला रहेका छन् ।

जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै डेंगु संक्रमित हेटौंडा उपमहानगरपालिकामा रहेका छन् । जसअनुसार, हेटौंडा उपमहानगरपालिकामा २ हजार २५६ जना पुरुष र १ हजार ८१८ जना महिला गरी ४ हजार ७४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, डेंगु संक्रमण पुष्टि हुनेमा मनहरी गाउँपालिकामा ४६० जना पुरुष र ४१३ जना महिला गरी ८८३ जना, थाहानगरपालिकामा १०८ जना पुरुष र ६७ जना महिला गरी १७५ जना, मकवानपुरगढी गाउँपालिकामा ४३ जना पुरुष र २८ जना महिला गरी ७१ जना, भीमफेदी गाउँपालिकामा २२ जना पुरुष र २३ जना महिला गरी ४५ जना रहेका छन् ।

यसैगरी, बकैया गाउँपालिकामा १६ जना पुरुष र २७ जना पुरुष गरी ४३ जना, राक्सिराङ गाउँपालिकमा १८ जना पुरुष र ५ जना महिला गरी २२ जना, बागमती गाउँपालिकाका ४ जना पुरुष र ३ जना महिला गरी ७, कैलाश गाउँपालिकाका ५ जना पुरुष र ३ जना महिला गरी ८ जना, हाल ठेगाना नखुलेका १४ जना पुरुष र २९ जना महिला गरी २९, अन्य जिल्लाका १२ जना पुरुष र ४ जना महिला गरी १६ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा उक्त संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।