देशभर कोरोना संक्रमितको सक्रिय संख्या २९८

तु खबर संवाददाता
२०७९ मंसिर १०,शनिबार १५:५६
file-photo

काठमाडौं । देशभर सक्रिय कोरोना संक्रमितको संख्या घटेर २९८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा ५२६ जनाको नमुना परीक्षण गर्दा एन्टिजेन विधिबाट थप एक जनामा संक्रमण पुष्टि भएको थियो । यता, यही अवधिमा थप २९ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमितबाट कुनै पनि व्यक्तिको निधन भएको छैन ।

त्यस्तै, हालसम्म नेपालमा ५२ हजार ५५७ जनामा डेंगु रोगको सङ्क्रमण पुष्टि भएको छ भने ६० जनाले यस रोगबाट ज्यान गुमाइसकेका छन् ।