समाचार
वर्षाले बागमती प्रदेशको धानबालीमा क्षति
बागमती । असोजको अन्तिम सातामा परेको अविरल वर्षाका कारणले बागमती प्रदेशको सात जिल्लाका दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा किसानले लगाएको धानबालीमा क्षति पुगेको बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रारम्भिक एक अध्ययनले जनाएको छ । साथै दसैँलगत्तै सरकारी कार्यालय खुलेकाले कृषि प्राविधिक कर्मचारी परिचालन गरिएको र थप...
राष्ट्रिय परिचयपत्रका लागि १८ हजार विवरण सङ्कलन
भादगाउँ । भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाएका छन् । जिल्लाको चाँगुनारायण नगरपालिकाका– ९ वटा वडा र सूर्यविनायक नगरपालिका– १ देखि ४ सम्म जारी विवरण सङ्कलन अभियानमा १८ हजारले व्यक्तिगत विवरणसहितको फाराम भरेका हुन । यसैबीच, सूर्यविनायक नगरपालिका–६ देखि १० सम्म सोमबरदेखि अभियान सुरु हुने भएको छ...
सुनको मूल्य प्रतितोला रु ३०० ले बढ्यो
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर ९२ हजार ४०० कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला रु ९२ हजार १००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदी मूल्यका आधारमा यहाँँ दैनिक रुपमा सुन तथा चाँदीको कारोबार...
मङ्सिर र पुसमा बाघ गणनाको तयारी
चितवन । राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक चार÷पाँच वर्षका अन्तरमा गणना गरिन्छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो...
मकवानपुरका सुवेदी मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरको मनहरीमा आज (सोमबार) बिहानै एक जनाको शव फेला परेको छ । बिहान मनहरी गाउँपालिका वडा नम्वर ३ हाँडीखोलामा एक जना पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कर्याालय मकवानपुरले जनाएको छ । स्थानीय २८ वर्षीय रमेश सुवेदीको शव आफ्नै घरबाट करिब ५ सय मिटर भित्रको...
आन्तरिक पर्यटकका रोजाइमा ‘प्याराग्लाइडिङ’
पोखरा । पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको छ । दसैँ तिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । उनले कोरोना पछि पोखरामा आन्तरिक पर्यटकको आगमनले प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको बताए । “अहिले...
एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो । एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको...
कोरोनाविरुद्धको फाइजर खोप नेपाल आइपुग्यो
काठमाडौं । अमेरिकाले पठाएको १ लाख ६ सय २० डोज कोरोना भाइरसविरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ । उक्त खोप सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उक्त कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत उपलब्ध गराइएको बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं...
आजको मौसम : वर्षा र हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले बदलीको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार, हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहेको छ...
थुलुङ दूधकोशीको सेवा अनलाइन मार्फत
सोलुखुम्बु । थुलुङदूधकोशी गाउँपालिकाले विद्युतीय राजस्व भुक्तानी प्रणाली कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले जग्गा, घर भाडा, सवारी साधन, व्यवसाय , मालपोत, सम्पत्ति करलगायतका अन्य कर तथा शुल्कको भुक्तानी प्रक्रिया अनलाइनबाट तिर्न सजिलो होस् भन्ने ध्येयले सो प्रणाली लागू गरेको हो । गाउँपालिका अध्यक्ष असिम राईले अनलाइनबाट सेवा प्रदान गर्न...










