मकवानपुरका सुवेदी मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७८ कार्तिक ८, सोमबार १०:४९
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको मनहरीमा आज (सोमबार) बिहानै एक जनाको शव फेला परेको छ । बिहान मनहरी गाउँपालिका वडा नम्वर ३ हाँडीखोलामा एक जना पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कर्याालय मकवानपुरले जनाएको छ ।

स्थानीय २८ वर्षीय रमेश सुवेदीको शव आफ्नै घरबाट करिब ५ सय मिटर भित्रको जंगलमा रुखको हाँगामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले तु खबरलाई जानकारी दिए । उनका अनुसार, हाल घटनास्थलमा प्रहरी टोली पुगेको र मुचुल्का उठाउने काम भइरहेको छ ।

मुचुल्का उठाएपछि पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइने प्रहरी नाउव उपरीक्षक रिमालले बताए । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।