आज नेप्से परिसूचक २७ अंकले बढ्यो

तु खबर संवाददाता
२०७८ कार्तिक ७,आईतवार १५:२६

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर कारोबार मापक नेप्से परिसूचक २७ अंकले बढेको छ । गत साता ओरालो लागेको नेप्सेमा यो साताको पहिलो दिनमा नै हरीयाली छाएको हो । नेप्से परिसूचक २७ दशमलव ५१ मंकले बढेर २ हजार ५ सय ८४ दशमलव ५२ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव २४ अंकले बढेको छ । आज ५८ लाख १८ हजार २५ कित्ता शेयर किनबेच भएको छ । आज दिनभर उक्त कित्ता कारोबार हुँदा ३८ हजार १४७ कारोबार भएको जनाइएको छ । जसअनुसार कारोबार रकम २ अर्ब ७७ करोड ३४ लाख २० हजार १३५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा कारोबार हुने व्यापार समूह ३२ दशमलव ४७ अंकले घट्दा बाँकी सबै समहूगत सबइन्डेक्स बढेर उकालो लागेका छन् । ट्रेडिङ बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । आज फाइनान्स क्षेत्रको उपसूचक ४ दशमलव ११ अंकले वृद्धि भएको छ भने ट्रेडिङ उपसूचक भने १ दशमलव ०७ को अंकले घटेको छ ।