एमाले हेटौंडा–१५ मा भुजेल

तु खबर संवाददाता
२०७८ कार्तिक ७, आईतवार १०:१२

मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को अध्यक्षमा पर्सबहादुर भुजेल चयन भएका छन् । शनिबार देशैभर एकैसाथ भएको एमाले वडा अधिवेशनको अन्तरगत हेटौंडा–१५ मा भएको अधिवेशनले भुजेलको नेतृत्वमा ४१ सदस्यीय कमिटी निर्माण गरेको हो ।

यसैगरी, कमिटिको उपाध्यक्षमा कुमार गोले, सचिवमा सिहबहादुर विश्वकर्मा, उप–सचिवहरुमा मिनु विश्वकर्मा र प्रकाश पुडासैनी चयन भएको हो । नेकपा एमाले जिल्ला सदस्य सुनिल मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा नेपाली कांग्रेस क्रियाशील सदस्य तथा वडा समिती सदस्य रामकुमार सुनार र क्रियाशील सदस्य सुवाश थिङसहित विभिन्न पार्टी परित्याग गरी २९५ जना एमालेमा प्रवेश गरेको एमाले जिल्ला सदस्य मोक्तानले बताए ।