समाचार

शनिबार मकवानपुरको १०२ वडाको अधिवेशन हुँदै

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तरगत शनिवार देशैभरका वडास्तरको अधिवेशन हुँदैछ । मकवानपुरमा पनि आज १०२ वटै वडाको अधिवेशन सम्पन्न गरिने जिल्ला अध्यक्ष बद्रीप्रसाद लम्सालले जानकारी दिएका छन् । मकवानपुरमा साढे १० हजारको संख्यामा रहेका संगठीत सदस्यहरु आज हुने वडास्तरको निर्वाचनको मतदान प्रक्रियामा...

बाढीपहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या १११ पुग्यो

काठमाडौं । गत असोज ३१ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परेर मृत्यु हुनेको कुल संख्या १११ जना पुगेको छ । बाढीपहिरो र डुबानमा परेर आज (शुक्रबार) दिउँसोसम्म १११ जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । बाढीपहिरोमा परी १ नम्बर...

थप ७०८ जनामा कोरोना पुष्टि, ९३२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ३७ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, ७ हजार २५३ जनाको पीसीआर परीक्षण...

कांग्रेसका जिल्ला सदस्य दाहाल नेकपा एकीकृत समाजवादीमा प्रवेश

मकवानपुर । कांग्रेस मकवानपुरका सदस्य अर्जुन दाहाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार एक कार्यक्रमकाबीच पार्टीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेले टिका र खादा लगाएर दाहाललाई स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै दाहालले नेकपा एकीकृत समाजवादी पार्टी लोकतन्त्र र संविधानको रक्षाको लागि सदैव प्रतिवद्ध रहेको...

मुख्यमन्त्री आचार्यद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् । मुख्यमन्त्रीआचार्यले शुक्रबार बसेको प्रदेशसभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका हुन् । उक्त प्रस्तावमाथि आगामी आईतबार मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको...

महासचिव हुँदा गर्न बाँकी काम उपाध्यक्ष भएपछि पुरा गर्छु – प्रमोद सिं रानाभाट

मकवानपुर । आसन्न मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा कृष्ण गुप्ता अग्रवाल प्यानलबाट उद्योगतर्फको उपाध्यक्ष पदका उम्मेदवार बनेका प्रमोद सिंह रानाभाटले कोरोना संक्रमणको जोखिमका कारण सरकारले विभिन्न समयमा गरेको लकडाउनबाट उद्योगी व्यवसायीहरु मर्कामा परेको बताउँदै उनीहरुको व्यवसायिक सुरक्षाको लागि पहल गर्ने आफ्नो प्रमुख चुनावी एजेण्डा भएको बताएका छन् । तु...

बेमौसमी वर्षा : ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा क्षति

काठमाडौं । बेमौसमी वर्षाका कारण आएको बाढीपहिरो र डुबान परेर देशका विभिन्न जिल्लामा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको छ । कृषि तथा पशुपन्छी विकास मनत्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार, गत असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको वर्षाका कारण आएको बाढीपहिरो र डुबानले उक्त रकम...

न्यादी हाइड्रोपावरको आइपीओको नतिजा यी चार वटा साइटबाट हेर्न मिल्ने

काठमाडौं । न्यादी हाइड्रोपावरको साधारण शेयर (आइपीओ) आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँड गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको २० लाख ९२ हजार ५०० कित्ता शेयर गोलाप्रथाबाट २ लाख ९ हजार २ सय ५० जनाले १०–१० कित्ताका दरले पाएका छन् ।...

मकवानपुरमा थप १२ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरमा थप १२ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २८ जनाको पीसीआर र ३३ जनाको एन्टीजेन परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य...

यस्तो छ नेपाली बजारमा सुनचाँदीको भाउ

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनकोे भाउ स्थिर रहेको छ । बिहिबार प्रतितोला ३०० रुपैयाँले वृद्धि भई ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार पनि सोही मुल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ...