यस्तो छ नेपाली बजारमा सुनचाँदीको भाउ

तु खबर संवाददाता
२०७८ कार्तिक ५,शुक्रबार १५:०५
file-photo

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनकोे भाउ स्थिर रहेको छ । बिहिबार प्रतितोला ३०० रुपैयाँले वृद्धि भई ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार पनि सोही मुल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ । गत बिहीबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले सस्तिँदै एक हजार २५० रुपैयाँमा झरेको हो ।

स्रोत नखुलेको नगद १८ लाखसहित दुई जना पक्राउ
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२ स्थित रत्न रोडबाट प्रहरीले स्रोत नखुलेको नगद १८ लाख र सुनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१५ सगरमाथा लाइन बस्ने ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका–२ बस्ने ३४ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट बिल नभएको २ सय ५८ ग्राम भन्दा बढी सुनका बाला बरामद गरेको छ । आरोपीहरुबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।