न्यादी हाइड्रोपावरको आइपीओको नतिजा यी चार वटा साइटबाट हेर्न मिल्ने

तु खबर संवाददाता
२०७८ कार्तिक ५,शुक्रबार १५:४४
file-photo

काठमाडौं । न्यादी हाइड्रोपावरको साधारण शेयर (आइपीओ) आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँड गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको २० लाख ९२ हजार ५०० कित्ता शेयर गोलाप्रथाबाट २ लाख ९ हजार २ सय ५० जनाले १०–१० कित्ताका दरले पाएका छन् ।

कम्पनीले गत असोज १५ गतेदेखि १९ गतेसम्म २२ करोड ५० लाख रुपियाँ बराबरको आईपीओ निष्काशन खुला गरेको थियो । २२ लाख ५० हजार कित्ता कुल निष्काशन मध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन पाइने व्यवस्था थियो ।

यसको नतिजा भने केही बेरमा आउने बिक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ । आइपीओको नतिजा कम्पनीको वेबसाइट https://nhl.com.np/, बिक्रि प्रबन्धकको वेबसाइट https://www.globalimecapital.com/, सिडीएससीको मेरो शेयर https://iporesult.cdsc.com.np/ र सिडीएसको नयाँ वेबसाइट https://cdsc.com.np/ बाट हेर्न सकिने जनाइएको छ ।