एमालेको वडा अधिवेशनः मनहरीको ९ वडामा को–को भए अध्यक्ष ?
मकवानपुर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तरगत आज मकवानपुरका १०२ वटै वडामा एमालेको अधिवेशन भएको छ । अधिकाँश वडामा सहमतिबाटै नयाँ कमिटी चयन गरिएको छ भने केही वडामा मतदान प्रक्रियाबाट नयाँ कमिटी निर्माणको प्रयास भइरहेको छ । यसैबीचमा मनहरी गाउँपालिकाको ९ वटै वडामा अधिवेशन सम्पन्न भइसकेको छ ।
मनहरी गाउँपालिका वडा नम्वर १ मा कृष्ण उप्रेती, २ मा निमा थिङ्, ३ मा अनिल पुडासैनी, ४ मा कृष्णबहादुर तितुङ्, ५ मा सोमलाल रुम्बा, ६ मा सुन्दर लामा, ७ मा नारायण सिंह घिसिङ्, ८ मा सुर्यलाल स्याङ्तान र वडा नं ९ मा विश्वराज रानामगर चयन भएका छन् । मनहरीको ९ वटै वडाहरुमा ३१ सदस्यीय कमिटी बनाइएको छ ।
