लघु विद्युतको ड्याममा महिलाको शव फेला

तु खबर संवाददाता
२०७८ कार्तिक ६,शनिबार १५:१८
File Photo

गुल्मी । गुल्मीको लघु विद्युतको ड्यामममा एक जना महिलाको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–४ शान्तिपुर बस्दै आएकी ६५ वर्षकी रत्नकला आचार्यको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार, चक्रेश्वर मन्दिरमा पूजाआजा गरी बस्ने महिलाको शव जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर–६ हरेवास्थित लघु विद्युतको ड्याममा डुबेको अवस्थामा फेला परेको हो । गत कात्तिक ४ गते बेलुकी हराएकी महिलाको शव स्थानीयले डुबेको अवस्थामा फेला परेको हो ।

बाग्लुङ घर भएकी ती महिला र उनका श्रीमान् चक्रेश्वर मन्दिरमा पूजाआजा गरी बस्दै आएका थिए । खोला नजिकै मन्दिर रहेकाले वरपर गर्दा चिप्लिएर लडेर खोलाले बगाएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।