वीरेन्द्रनगरको सामूदायिक बनमा बम विस्फोट, २ जना घाइते

तु खबर संवाददाता
२०७८ कार्तिक ६, शनिबार १५:१७

सुर्खेत । वीरेन्द्रनगरमा बम विस्पोट भएको छ । वीरेन्द्रनगरमा बम विस्पोट भएको छ । विस्फोटमा परी दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं ७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको थियो । विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाई १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिएका छन् । बम कसले राख्यो, कसरी बिस्पोट भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । घाइते मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।