आज पनि मौसममा सामान्य बदली, यी स्थानमा वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७८ कार्तिक ६,शनिबार ०९:४३
file photo

काठमाडौं । आज (शनिबार) पनि देशभर मौसममा सामान्य बदली भएको छ । नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नभए पनि आज केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, आज दिउँसो देशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ । यस्तै, आज राति पनि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनायएको छ ।

घर तथा सहकारी फोरेर लाखौँ धनमाल चोर्ने युवक पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकामा घर तथा सहकारी संस्थाहरुमा चोरी गर्ने एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप दोरम्बाका ३१ बर्षीय कमल थापा मगर रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनलाई कात्तिक ४ गते कोटेश्वरबाट पक्राउ गरेको हो ।

मगरले सितापाइलास्थित निर्मल गिरीको घरबाट तीन लाख ५८ हजार नगद, सोही स्थानका विश्वनाथ खनालको घरबाट ३ लाख १० हजार, सीतापाइलाकै कृष्ण लामाको घरबाट ४ लाख ३० हजार, मुलपानीस्थित देवी बचत तथा ऋण सहकारीबाट २ लाख, कोटेश्वरस्थित हिलटप सहकारी संस्थाबाट १ लाख ३७ हजार ५ सय बराबरको धनमाल, स्वयम्भूस्थित रुपेश गलानको घरबाट ४ लाख ८० हजारको धनमाल,कागेश्वरीको दिदी सहकारीबाट २ लाख १० हजार चोरी गरेको प्रहरीले जनाएको छ । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौ पठाएको महाशाखाले जनाएको छ ।