बागमतीमा ५६ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

तु खबर संवाददाता
२०७८ कार्तिक ६,शनिबार ०८:४४

मकवानपुर । बागमती प्रदेशमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्ध पुर्ण खोप लगाउनेको कूल संख्या २३ लाख ८० हजारभन्दा बढी पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार, प्रदेश हालसम्म २३ हजार ८० हजार ८४ अर्थात ५६ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका हुन् ।

प्रदेशमा ४ लाख २ सय ३२ जना अर्थात ६०.९९ प्रतिशले कोभिसिल्ड, १५ लाख ९७ हजार ७६ जना अर्थात ७० प्रतिशतले भेरोसेल र ३ लाख ८० हजार ९ सय ६९ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम राज सेढाईले जानकारी दिए । उनका अनुसार, प्रदेशका १८ वर्ष भन्दा माथिका २४ प्रतिशत अर्थात १० लाख ८४ हजार ८ सय ३१ जना नागरिकले कोरोना विरुद्धको कुनैपनि खोप लगाएका छैनन् ।

काठमाडौंका १ लाख ७४ हजार २ सय २० जनाले कोभिसिल्ड, ७ लाख ९३ हजार ५ सय ९ जनाले भेरोसेल र १ लाख ५६ हजार ४ सय ६४ जनाले जोन्सन खोप लगाएका छन् । यसैगरी, ललितपुरका ३२ हजार ७ सय ७४ जनाले कोभिसिल्ड, २ लाख ४ हजार ५६ जनाले भेरोसेल र ३३ हजार २ सय ४१ जनाले जोन्सन खोप लगाएका छन् । भक्तपुरका १६ हजार ४ सय ८८ जनाले कोभिसिल्ड, १ लाख ४९ हजार ४ सय ५२ जनाले भेरोसेल र १९ हजार ९ सय २३ जनाले जोन्सन, रसुवाका ३ हजार ७० जनाले कोभिसिल्ड, १८ हजार ६ सय ९० जनाले भेरोसेल र २ हजार जनाले जोन्सन खोप लगाएका छन् ।

नुवाकोटका २० हजार ७ सय १ जनाले कोभिसिल्ड, ३४ हजार ९ सय ४५ जनाले भेरोसेल र ११ हजार ७ सय ८३ जनाले जोन्सन, धादिङका १३ हजार ४० जनाले कोभिसिल्ड, ३४ हजार १ सय ३४ जनाले भेरोसेल र १५ हजार २ सय ८ जनाले जोन्सन खोप लगाएका छन् । चितवनका ३६ हजार २ सय १२ जनाले कोभिसिल्ड, ८३ हजार ४ सय १८ जनाले भेरोसेल र ३६ हजार ५ सय ३७ जनाले जोन्सन, सिन्धुलीका ७ हजार १ सय ७ जनाले कोभिसिल्ड, १७ हजार ७ सय ८६ जनाले भेरोसेल र ११ हजार २ सय ८ जनाले जोन्सन, मकवानपुरका २२ हजार ८३ जनाले कोभिसिल्ड, ७२ हजार ४ सय १९ जनाले भेरोसेल र ३७ हजार ७ सय ९१ जनाले जोन्सन खोप लगाएका छन् । रामेछापका ३२ हजार ४ सय १४ जनाले कोभिसिल्ड, २५ हजार १ सय ९४ जनाले भेरोसेल र १७ हजार ८ ९७ जनाले जोन्सन खोप लगाएका छन् ।

यसैगरी, दोलखाका ९ हजार ३७ जनाले कोभिसिल्ड, २२ हजार ७ सय ५८ जनाले भेरोसेल र ५ हजार ३ सय २५ जनाले जोन्सन, काभ्रेका २१ हजार १ सय ९३ जनाले कोभिसिल्ड, १ लाख ६२ हजार ५ जनाले भेरोसेल र २१ हजार ६ सय ३९ जनाले जोन्सन र सिन्धुपाल्चोकका १३ हजार ६ सय ८३ जनाले कोभिसिल्ड, ३४ हजार ४ सय ८० जनाले भेरोसेल र ११ हजार ९ सय ५३ जनाले जोन्सन खोप लगाएका छन् । बागमती प्रदेशमा हालसम्म २८ लाख २२ हजार ८ सय ७५ जनाको कोरोना परीक्षण गर्दा ४ लाख ४३ हजार ६ सय ८२ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये हालसमम ४ लाख ३१ हजार ६ सय १२ जना संक्रमणमुक्त भएका छन् भने ४ हजार ५ सय १४ जनाको निधन भएको छ ।