समाचार

बालिकामाथि जबरजस्ती करणी गर्ने वृद्ध पक्राउ

दाङ । दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–९ मुकुणडाँडा बस्ने ६३ वर्षीय छविलाल गुरुङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गुरुङले ती बालिकालाई माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको...

बस पल्टिँदा साइकलयात्रीको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा आज बस पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुद्धोधन–३ गुलरी बस्ने वर्ष ३० का विन्दकुमार कहार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, लु १ ख ४२२६ नं को बसले लु ४ त ५४११ नं को ट्याक्टरलाई ठक्कर दिँदा अनियन्त्रित...

माओवादी र समाजवादीबीच ३ बुँदे सहमति

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रिया अघि बढेको छ । दुई पार्टीका वार्ता टोलीबीच शनिबार पहिलो बैठक बसेको हो । आजको बसेको बैठकले ३ वटा महत्त्वपूर्ण विषयहरूमा सहमति भएको नेसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले जानकारी दिए । जसअनुसार एकता शीघ्र सम्पन्न गर्न आ–आफ्नो पार्टीमा...

बकैयामा ल्होछार मनाउन तीन दिन सार्वजनिक विदा

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले सोनाम ल्होछार मनाउन आजबाट लागू हुने गरी तीन दि न सार्वजनिक विदा दिएको हो । तामाङ बाहुल्य रहेको गाउँपालिकाले यस अघिका वर्षहरुमा पनि ३ दिन ल्होछारमा विदा दिने गरेको थियो । यसवर्ष तामाङ समुदायको राष्ट्रिय पर्व...

हेटौंडाका कार्की मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ भैरबडाँडास्थित एकतारे सामुदायिक वनमा शुक्रबार एक जना पुरुषको शव फेला परेको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङ बस्ने अन्दाजी ३५ वर्षीय बसन्त बहादुर कार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका...

हेटौंडाका स्याङतान प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध नाईट्रोभ्याट १५ ट्याबलेट र कोडिवेल बोतल (प्रति बोतल १००) सहित हेटौंडाका एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ एचआईडी बस्ने ३१ वर्षीय सुरेश स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

एकै पटक ४२ सिडिओ र ७ सहायक सिडिओको काज सरुवा

काठमाडौं । सरकारले एकै पटक ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको हो । सरुवा हुनेमा सिडिओ, सहायक सिडिओका साथै जेलर, निर्देशकसम्म रहेका छन्...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली, मधेस प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ भने देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया...

उपसभामुख पदको निर्वाचन आज हुँदै

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ । उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको थियो । संघीय संसद् सचिवालयका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले...

लागूऔषधसहित मकवानपुरका दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित शुक्रबार राति दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका वडा नम्वर ८ दारिमबासबाट अन्दाजी २०/२१ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय ४२ वर्षीय राजकुमार प्रजा र ४५ वर्षीय जितबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...