समाचार

उपसभामुख पदमा रास्वपाकी इन्दिरा राना मगरद्वारा मनोनयन दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएकी इन्दिरा रानामगरले उपसभामुख पदका लागि मनोनयन दर्ता गरेकी छन् । राना मगरले शुक्रबार अपरान्ह उपसभामुख पदमा मनोनयन दर्ता गरेकी हुन् । राना मगरको प्रस्तावकमा रास्वपाकी सांसद सोविता गौतम र समर्थनमा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा र राप्रपाका सांसद...

सशस्त्र प्रहरीका ९७ एसपीको सरूवा

काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ) का ९७ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ । एपिएफ प्रधान कार्यालय हलचोकले बिहीबार राति ९७ जना एसपीको सरूवा गरेको हो । अहिलेको सरूवा पूर्वानुमान सूचीअनुसार नै गरिएको एपिएफका प्रवक्ता एवम् सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरूषोत्तम थापाले जानकारी दिए...

नेपालगञ्जबाट काठमाडौं उडेको विमान झापामा अवतरण

काठमाडौं । शुक्रबार बिहान बाँकेको नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरको विमान झापामा अवतरण भएको छ । काठमाडौं विमानस्थलमा भिजिबिलिटी कम भएका कारण श्री एयरको ४४० विमानलाई झापा डाइभर्ट गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार, बिहान ७ बजे नेपालगन्जबाट उडेको श्री एयरको सो विमान...

मिटरब्याजी समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने प्रतिबद्धता जनाएको छ । शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले उक्त कुराको प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्रीले भने, ‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छ। मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ।...

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र गत मंगलबार दर्ता गरेका थिए । शर्माले दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ । आज बिहान ११ बजे बस्ने...

रक्तसञ्चार केन्द्र हेटौंडामा १४६२ पिन्ट रगत संकलन

मकवानपुर । रक्तसञ्चार केन्द्र हेटौंडाले ६ महिनाको अवधिमा १ हजार ४६२ पिन्ट रगत संकलन गरेको छ । विभिन्न संघ, संस्थाको आयोजनामा हुने रक्तदान कार्यक्रम र रक्तसञ्चार केन्द्रमै आएर रक्तदान गर्ने व्यक्ति गरी उक्त रगत संकलन भएको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक विष्णुप्रसाद रिमालले जानकारी दिए । उनका अनुसार चालु आर्थिक...

बागमती प्रदेशमा ६ महिनामा २ हजार बढी मुद्दा दर्ता

मकवानपुर । बागमती प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा दुई हजार भन्दा बढी मुद्दा दर्ता भएका छन् । सो अवधिमा प्रदेशको काठमाडौं उपत्यकाको तीन जिल्ला बाहेका १० जिल्लामा २ हजार १५३ वटा मुद्दा दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा सार्वजनिक...

उपसभामुखबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । उपसभामुखबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय दलको बैठक बस्दैछ । बैठक आज बिहान साढे ९ बजे रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो । सत्तारुढ गठबन्धनबिच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ । जस अनुसार रास्वपाको संसदीय दलको बैठकले उपसभामुख हुने व्यक्तिको टुंगो लगाउने...

आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू–भागमा आंशिक...

सीआईडी हौं भन्दै लुटपाट गर्ने ६ जना प्रहरीको नियन्त्रणमा

जनकपुरधाम । सीआईडी हौं भन्दै लुटपाट गर्ने गिरोहका ६ जनालाई प्रहरीले महोत्तरीबाट नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा हुनेहरुमा बर्दिबास नगरपालिका १४ का २२ वर्षीय निरज साह सोनार, गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २२ वर्षीय सनम मगर, वडा नं. १२ चल्की टोलका शैलेन्द्र राउत, र जनकपुरधाम...