चोरीको चुरोट किनेको आरोपमा वडाध्यक्ष प्रहरीको नियन्त्रणमा

२०७९ माघ १३,शुक्रबार १८:२८

वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष मोहन साह कानुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चोरीको चुरोट उनको साथबाट बरामद भएपछि प्रहरीले उनलाई सेधपुछका लागि नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार, गणेश साहले संचालन गरेको गोदामको ताल्चा फोडेर २ कार्टुन चुरोट चोरी भएको थियो । एक कार्टुन चुरोटको एक लाख जति पर्ने दावी गोदाम संचालकको छ ।
चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ परेका व्यक्तिले चुरोट वडाध्यक्षले खरिद गरेको भनेपछि उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीको नियन्त्रणमा रहेका वडाध्यक्षमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।