समाचार
खुकुरी प्रहार गरी साथीको हत्या
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार, स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीको खुकुरी प्रहार गरी...
उपसभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुनेछ । आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने आजै सवा ४ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ । यस्तै, माघ ७ शनिबार १...
हेटौंडा–१ का कालिका विद्यालयलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित कालिका आधारभुत विद्यालयलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरिएको छ । अग्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ८ औं स्थापना दिवसको अवसरमा बिहीबार उक्त विद्यालयलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरेको हो । सहकारीका अध्यक्ष बिकेशलाल श्रेष्ठले विद्यालयका प्रधानाध्यापक...
आगोले जलेर ८० वर्षीया वृद्धाको मृत्यु
विराटनगर । विराटनगरमा बिहीबार बिहान जाडो छल्न आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० लालिगुराँस चोकमा आगो ताल्ने क्रममा जलेर स्थानीय ८० वर्षीया देवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बिहान घरभित्रको फलामको मकलमा आगो ताप्ने क्रममा बिहान साढे ७ बजे...
मकवानपुरका पाख्रिनसहित ८ जना प्रहरीको फन्दामा
मकवानपुर । प्रहरीले ठुलो परिमाणमा अवैध रुपमा काठसहित ८ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाडौको तार्केश्वर नगरपालिका–१ स्थित जगत बसपार्कबाट १६ सय ६७.२५ क्युफिट काठसहित ८ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले मकवानपुरको थाहा नगरपालिका–८ घर भएका २७ वर्षीय बिनोद पाख्रिन, नुवाकोट पञ्चकन्या–४ का ३१ वर्षीय सुकमान तामाङ,...
उपसभामुखको निर्वाचन माघ ७ गते हुने
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिवार हुने भएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले सो घोषणा गरेका हुन् । साथै उनले प्रतिनिधिसभा उपसभामुखको निर्वाचनको सूचना प्रकाशित गर्न पनि संसद सचिवालयलाई निर्देशन दिए । आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद...
दुर्घटनामा बेपत्ता युवकको शव फेला
काठमाडौं । काठमाडौंको चोभारमा कार दुर्घटनाका क्रममा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार दुर्घटना बेपत्ता भएका राजकुमार खत्रीको दुई दिनपछि शव फेला परेको हो । खत्रीको शव फेला पारेको सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले बिहीबार फेला...
शेयरबजारमा सामान्य अंकको सुधार, ३ अर्बको कारोबार
काठमाडौं । उतारचढावकाबीच आज शेयरबजारमा झिनो अंकको सुधार आएको छ । बिहीबार नेप्से सूचक ५.७१ अंकले बढेर २१७८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २४६ कम्पनीको ८२ लाख ४७ हजार ६४६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । यसअघि बुधबार...
गोंगबुको होटलबाट ७३१ थान राहदानीसहित तीन जना पक्राउ
काठमाडौं । काठमाडौंको महानगरपालिका–२६ गोङ्गबुबाट ७३१ थान राहदानीसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गोंगबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट उक्त राहदानीसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले कञ्चनपुरको बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन...
मोटरसाइकल दुर्घटनामा परेर मकवानपुरका स्याङतान घाइते
मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ रजैयामा आज बिहान सवारी दुर्घटना हुँदा एक युवक घाइते भएका छन् । बिहान ६ः४५ बजेको समयमा मनहरीतर्फबाट हेटौंडातर्फ आउँदै गरेको बा ६५ प ८७२५ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते भएको जिल्ला प्रहरी...










