इसेवाको कर्मचारी हुँ भनी रकम ठगी गरेको आरोपमा युवक पक्राउ

तु खबर संवाददाता
२०७९ माघ १३,शुक्रबार १७:०२
file-photo

काठमाडौं । इसेवा कार्यालयको आधिकारिक कर्मचारी हुँ भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको माधव नारायण नगरपालिका–२का १९ वर्षीय शुभम साह रहेका छन् । उनको साथबाट प्रहरीले बाइक, मोबाइलफोन २ वटा, १० वटा सिमकार्ड, ३ वटा एटीम कार्ड बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि ठगी कसूरमा आवश्‍यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीमाथि ३३ जना सेवाग्राहीको वालेट आइडीमा अनधिकृत रुपमा पहुँच पुर्‍याई विभिन्‍न बैंक खातामा करिब १६ लाख १३ हजार रुपैयाँ ट्रान्सफर गरी सम्पर्कविहीन भएको  आरोप छ ।