रवि लामिछानेका समर्थकद्वारा सर्वोच्च अदालत अगाडि प्रदर्शन

तु खबर संवाददाता
२०७९ माघ १३,शुक्रबार १८:२१

काठमाडौं । रवि लामिछानेका समर्थकहरूले सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतको फैसलाले पदमुक्त भएका लामिछानेका समर्थकहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

सर्वोच्च अदालतले शुक्रबार नागरिकता सम्बन्धी मुद्दामा रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ । सर्वोच्चको फैसलासँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्री, गृहमन्त्री र सांसद पद गुमाएका छन् ।

अदालतको फैसलाको विरुद्धमा लामिछानेका समर्थकहरूले नाराबाजीसहित प्रदर्शन गरेपछि प्रहरीले प्रदर्शनकारीलाई पक्राउ समेत गरेको छ ।