पर्सा अदालतमा चलेको रविविरुद्ध अभियोग फिर्ता

तु खबर संवाददाता
२०८३ जेष्ठ २६, मंगलवार १८:१४

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा चलिरहेको सहकारी ठगीसँग सम्बन्धित संगठित अपराध सम्बन्धी अभियोग फिर्ता भएको छ ।

महान्यायाधिवक्ताको निर्णय बमोजिम सरकारी वकिलले अदालतमा आरोपपत्र संशोधनका लागि दिएको निवेदन उपर न्यायाधीश मोहन सुवेदीको इजलासले आरोपपत्र संशोधनको अनुमति दिएको हो ।

सरकारी वकिलको कार्यालयले सानो पाइला सहकारीको रकम ठगी गरेको आरोपमा लामिछाने सहित २९ जनामाथि मुद्दा दायर गरेको थियो । अब अदालतको आदेशपछि लामिछानेमाथिको संगठित अपराधको आरोपमा अनुसन्धान हुने छैन भने पिडितहरुसँग मिलापत्र गर्ने बाटो खुलेको छ ।

यस अघि सर्वोच्च अदालतले पनि महान्यायाधिवक्ता कार्यालयको निर्णय बमोजिम संगठित अपराधको मुद्धा फिर्ताको लागि अदालतले अनुमति दिएको थियो ।