मोटरसाइकलको ठक्करबाट मकवानपुरकी कोइराला घाइते

तु खबर संवाददाता
२०७९ माघ १३,शुक्रबार १६:४५

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ७ कत्लेखोलामा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

दिउँसो साढे १ बजेको समयमा मनहरीबाट लोथरतर्फ जाँदै गरेको ना ४४ प ८३८२ नम्वरको मोटरसाइकले ठक्कर दिँदा एक जना पैदलयात्री घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते हुनेमा स्थानीय ३६ वर्षीया देब कुमारी कोइराला रहेकी छन् । घाइते कोइरालालाई उपचारको लागि चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।