राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ मा

तु खबर संवाददाता
२०७९ माघ १३,शुक्रबार १६:५४

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ ।

शुक्रबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले निर्वाचन कार्यक्रम सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।

राष्ट्रियसभा उपाध्यक्ष पद २१ फागुन २०७८ देखि रिक्त रहेको छ । गोलाप्रथामा ४ वर्षे कार्यकाल पाएकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल २१ फागुन २०७८ मा सकिएको थियो ।