समाचार

प्रतिनिधिसभाको सभामुखमा घिमिरे निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा भएको निर्वाचनबाट घिमिरे सभामुख पदमा निर्वाचित भएका हुन् । बैठकमा मत विभाजनमार्फत भएको मतदान प्रक्रियामा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत पुगेकाले सभामुख पदमा निर्वाचित भएको संसदका जेयष्ठ सदस्य पशुपति शमशेर राणाले...

फ्रान्स पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी १९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–५ सतुङ्गल बस्ने तनहुँ शुक्लागण्डकी नगरपलिका–८ घर भएका ४६ वर्षीय तेजेन्द्र महत रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चन्द्रागिरी...

मकवानपुरमा अटो दुर्घटना हुँदा एक जना घाइते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–३ कामीडाँडास्थित भित्री सडकखण्डमा बुधबार अटो दुर्घटना हुँदा एक जना घाइते भएका छन् । बस्तिपुरबाट भुर्लुङटाडीतर्फ जाँदै गरेको ना २ ह १०५९ नम्वरको अटो आँफै अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तलखोल्सामा खसेर दुर्घटजा हुँदा एक जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा...

आज संघीय संसदको दुबै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत आज दुबै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन् । त्यस्तै, सभामुख पदको निर्वाचनका लागि नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभाका सदस्य देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस्...

बागमती प्रदेशमा अपराधमा संलग्न १ हजार ४०५ पक्राउ

मकवानपुर । बागमती प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा अपराधमा संलग्न १ हजार ४०५ जना पक्राउ परेका छन् । सो अवधिमा प्रदेशको काठमाडौं उपत्यका बाहेकको तीन जिल्ला बाहेका १० जिल्लामा विभिन्न अपराधमा संलग्न १ हजार ४०५ जना पक्राउ परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ । प्रदेश...

आशा विशेष पाठशाला हेटौंडालाई ह्वीलचेयर वितरण

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ स्थित आशा विशेष पाठशाला तथा पुनस्र्थापना केन्द्रलाई २ वटा ह्वीलचेयर वितरण गरिएको छ । बुधबार मकवानपुरे समाज काठमाडौंले एक कार्यक्रमबीच पाठशालाई ह्वीलचेयर वितरण गरेको हो । विद्यार्थीलाई आउजाउ गर्न सहयोग पुग्ने उद्देश्यले समितिका अध्यक्ष बालकृष्ण चौलागाईँलाई २ ह्वीलचेयर हस्तान्तरण गरिएको हो ।...

मधेस प्रदेशमा आज सर्वजनिक विदा

धनुषा । मधेस प्रदेश सरकारले आज बिहीबार सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा विदा दिने निर्णय गरेको हो । मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको ज्यान गएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा प्रदेश सरकारले प्रत्येक वर्ष...

सीडीओ सरुवामा नयाँ प्रावधान

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवासम्बन्धी कार्यविधि जारी गर्दै व्यवस्थित र वैज्ञानिक मापदण्ड बनाएको छ । अब सीडीओ बन्न कार्यसम्पादन राम्रो भएको र ९० प्रतिशत अंक काटेको हुनुपर्ने छ । आइन्दा कार्यसम्पादनमा ९० प्रतिशतभन्दा कम अंक ल्याउने कर्मचारी सीडीओ हुन पाउने छैन । यसअघि पहुँच र...

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले पहाडी भू–भागका आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ । दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम र...

सभामुखको निर्वाचन आज हुँदै

काठमाडौं । प्रतिनिधिसभाका सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ । सभामुख निर्वाचनका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसकी ईश्वरी न्यौपाने प्रतिस्पर्धामा रहेका छन् । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष...