समाचार
कांग्रेसद्वारा सरकारबाहिरका दलहरुसँग सभामुख निर्वाचनबारे छलफल गर्दै
काठमाडौं । नेपाली कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनको विषयमा सरकारमा सहभागी नभएका दलहरुसँग छलफल गर्ने भएको छ । बुधबार कांग्रेसले छलफलका गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई आफ्नो संसदीय दलको कार्यालयमा बोलाएको छ । कांग्रेसले...
पोखरा विमान दुर्घटना : काठमाडौं लगिएको शवको परीक्षण गरिंदै
काठमाडौं । यही माघ १ गते आइतबार काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये काठमाडौं लगिएकाका ४८ जनाको शव परीक्षण गरिँदैछ । नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्गलबार दिउँसो काठमाडौं ल्याइएका शव केहीबेर अघिदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्न थालिएको यती एयरलाइन्सले जनाएको छ...
आजको मौसम : यी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भाग हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि मौसम बदली भएको जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली भएको हो । आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमामा आंशिक बदली रहेको छ । तराईका केही भु–भागमा हुस्सु र कुहिरो लागेको छ र...
पाँचौं बागमती गोल्डकपको उपाधि अमेरिकी टोली च्याम्पियनलाई
मकवानपुर । पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भुट्नीज युथ अमेरिकाले हात पारेको छ । मंगलबार बागमती गाउँपालिकास्थित जनता माविको खेलमैदानमा भएको खेलमा सडनडेथमा संकटा क्लबलाई पराजित गर्दै भुट्नीज युथ अमेरिकाले उपाधि हात पारेको हो । खेलमा संकटालाई सडनडेथमा ८–७ गोल गोल अन्तरले पराजित गर्दै भुट्नीज युथ च्यापियन बनेको...
सभामुख चयनको बारेमा निर्णय लिन कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । सभामुख चयनको बारेमा निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बुधबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने भएको हो । बैठकमा सभामुखमा उम्मेदवारीबारे निर्णय हुने कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बताए । सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि...
आज जसपा संसदीय दलको बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । उक्त बैठकमा सभामुख निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । यसअघि मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित...
१ लाख ४० हजार घुस रकमसहित ईन्जिनियर पक्राउ
सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र साह घुर रकमसहित पक्राउ गरेका छन् । साह १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित मंगलबार पक्राउ परेका हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो । निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस...
सभामुखमा उम्मेदवारी दर्ता आज हुँदै
काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार, आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको निर्वाचन गर्ते तयारी गरिएको सचिवालयले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार...
मनहरी–७ मा ल्होछार मेला एवम् साँस्कृतिक कार्यक्रम हुने
मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर ७ स्थित बुद्धशान्ति पार्क परिसरमा अगामी माघ ८ गते सोनाम ल्होछार मेला एवम् साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ पत्रकार संघ मकवानपुर र ल्होछार मेला आयोजक मुल समारोह समितिको संयुक्त आयोजना उक्त कार्यक्रम हुने भएको हो । मंगलबार पत्रकार सम्मेलनमार्फत संघका अध्यक्ष...
पोखरा विमान दुर्घटना : बेपत्तामध्ये एक जनाको शव फेला
पोखरा । यती एअरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनाको पछिल्लो अपडेट अनुसार, बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ । दुर्घटनास्थलबाट ७०० मिटर तल सेती नदीमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले. जनाएको छ । यससँगै दुर्घटनामा परेका ७१ जनाको शव फेला परेको छ । मंगलबार...










