समाचार
बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित
मकवानपुर । बागमती प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले मंगलबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको...
मकवानपुरका सिंह उर्जा राज्यमन्त्रीमा नियुक्त
मकवानपुर । संघीय सरकारको उर्जा, जलस्रोत तथा सिचाईँ राज्यमन्त्रीमा मकवानपुरका दिपकबहादुर सिंह नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेपालको संविधानको धारा ७६ को उपधार ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सिफारिसमा सिंहलाई उर्जा राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । नवनियुक्त उर्जा राज्यमन्त्री सिंहले पद तथा गोपनीयताको शपथ...
मन्त्रिपरिषद विस्तार, मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ (नामावलीसहित)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ती, हेरफेर र कार्यविभाजन गरी मन्त्रीपरिषद् गठन गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधार ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सिफारिसमा मंगलबार नयुक्ती, हेरफेर र कार्यविभाजन गरी मन्त्रीपरिषद् गठन गरेकी हुन् । मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको...
बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले लिए विश्वासको मत
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा प्रदेशसभाका १०९ सदस्य उपस्थित थिए । प्रदेशसभाका सभामुख भुवनकुमार...
भीरबाट लडेर वृद्धाको मृत्यु
पाल्पा । पाल्पामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवीछहरा गाउँपालिका–६ पटुवाचौर बस्ने ६० वर्षीय बेदबहादुर बलालको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मङ्गलबार घर नजिकै रहेको नेप्टा भिरबाट लडेका बलाललाई मृतावस्थामा फेला पारेको हो । मृतक बलालको शव परीक्षणका लागि जिल्ला...
बागमती प्रदेशको नवनिर्वाचित उपसभामुख चौलागाईँद्वारा शपथ ग्रहण
मकवानपुर । बागमती प्रदेशसभाको नवनिर्वाचित उपसभामुख अप्सरा चापागाईँले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार मात्रै उपसभामुख पदमा निर्वाचित चौलागाईँले प्रदेश प्रमुख यादव चन्द्र शर्माको उपस्थितिमा सभामुख भुवनकुमार पाठक समक्ष प्रदेशसभा नियमावली २०७४ को उपनियम १० बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् । सत्ता गठबन्धनको...
सुदूरपश्चिमको सभामुखमा भीम भण्डारी
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा भीम भण्डारी निर्वाचित भएका छन् । प्रदेशसभामा आज भएको मतदानमा भण्डारी २९ मतसहित निर्वाचित भएका हुन् । यस्तै, उनका प्रतिस्पर्धी कांग्रेसका मानबहादुर रावलले २० मतमात्र प्राप्त गरे । प्रदेशसभाका ५३ सदस्यमध्ये मानबहादुर रावलको विपक्षमा २८ मत परेको थियो । सुदूरपश्चिम प्रदेशसभाले सभामुख पदका लागि...
बागमतीबाट लागूऔषधसहित एक जना पक्राउ
सर्लाही । सर्लाहीको बागमती नगरपालिका–४ डाबरी टोलबाट प्रहरीले आइतबार साँझ लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले अवैध लागूऔषध गाँजा २५० ग्रामसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ३८ वर्षीय वीरबहादुर डिमडुङ रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित फेला...
बागमतीकी नवनिर्वाचित उपसभामुख चापागाईंले आज शपथ लिने
मकवानपुर । बागमती प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख अप्सरा चापागाईंले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएकी छन् । उनलाई बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएका हुन् । उपसभामुख शपथको लागि बिहान साढे ११ बजेको समय तोकिएको प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ...
प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा विश्वासको मत दिएका दलहरूसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने कार्यक्रम रहेको छ । सत्ता गठबन्धनमा सभामुख र उपसभामुखको उम्मेदवारसँगै मन्त्रालय...










