आज श्रीपञ्चमीः सरस्वतीको पूजाअर्चना गरिँदै

तु खबर संवाददाता
२०७९ माघ १२,बिहीबार ०८:२४

मकवानपुर । आज बिहीबार श्रीपञ्चमी पर्व मनाइँदै छ । आज विद्यादेवी सरस्वतीको पूजाअर्चना गर्दै श्रीपञ्चमी पर्व मनाइछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाइदै आएको छ ।

यो पर्वलाई बसन्त पञ्चमीका नामले पनि चिनिने गर्दछ । पर्वमा हातमा विणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई खासगरी विद्यार्थीले पूजा गर्ने चलन छ ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने भएकाले यस दिनलाई ‘वसन्त पञ्चमी’ भन्ने गरिएको हो ।

श्रीपञ्चमीको दिन बालबालिकालाई अक्षराम्भ पनि गराउने गरिन्छ । यही दिन केटाकेटीको नाककान छेड्न पनि उत्तम मानिन्छ ।

यस दिन साहित्यकार, कलाकार, पत्रकार, शिक्षक आफ्ना कला साधनाका वस्तु कलम, कापी, किताब र वाद्ययन्त्रलाई पूजा गर्ने गर्दछन् ।

सरस्वती पूजाको दिनमा देशभरका विद्यालयमा सरस्वती पूजाआजा हुने गरेको छ ।