समाचार
बागमती प्रदेशसभाको उपसभामुख पदमा चापागाईँ निर्वाचित
मकवानपुर । बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईँ निर्वाचित भएकी छन् । सोमबार प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट उम्मेदवार बनेकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईँ उपसभामुख पदमा निर्वाचित भएकी हुन् । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार, ११० जना सदस्य रहेको बागमती...
बागमती प्रदेशसभाको बैठक सुरु
मकवानपुर । बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । अपराह्न ३ बजेको लागि बोलाइएको प्रदेशसभा बैठक केही घण्टा ढिलो गरी सुरु भएको हो । उक्त बैठकमा उपसभामुख निर्वाचन हुने प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । निर्वाचनको लागि विभिन्न दलका तीन जनाले आ–आफ्नो मनोनयन दर्ता गराएका छन् । मनोनयन...
लोसपा पनि सरकारमा जाने
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा जाने भएको छ । पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जाने तयार भएको हो । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पनि लोसपालाई सरकारमा...
पोखरा विमान दुर्घटना अपडेट : थप एक जनाको शव फेला
काठमाडौं । यती एयरलाइन्स प्रालिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनाग्रस्तमा परेर बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ । बेपत्तामध्ये पोखरास्थित सेती नदीबाट थप एक जनाको शव निकालिएको सशस्त्र प्रहरी बलले जनाएको छ । दुर्घटनामा परेका ३ जना अझै बेपत्ता छन् । सेतीको पानीमा सशस्त्र प्रहरी बलका गोताखोरले...
मन्त्रालय टुंगो लगाउन उच्चस्तरीय संयन्त्रको बैठक बस्दै
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भए लगतै संयन्त्रको बैठक आह्वान गरिएको हो । एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य रहेका छन् । स्रोतका अनुसार सरकारमा सहभागी हुने...
दुर्घटनामा परेर २ जनाको मृत्यु
वीरगञ्ज । बारामा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा जिल्लाको सिम्रौनगढ नगरपालिका–१ बैरिया बस्ने २३ वर्षीय कासिम अन्सारी र २२ वर्षीय तहिद अन्सारी रहेका छन् । उनीहरु दुवै जनाको शव खोजतलासको क्रममा थलही खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनामा परेर...
पोखरा विमान दुर्घटना : मृतकमध्ये २६ जनाको सनाखत
पोखरा । पोखरामा आइतबार भएको यती एयलाइन्सको विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये २६ जनाको सनाखत भएको छ । आइतबार बिहान ७२ जना सवार यति एयरलाइन्सको विमान अन्दाजी ११ः०० बजेको समयमा दुर्घटनाग्रस्त भएको थियो । उक्त विमान बिहान १०ः ३२ मिनेटको समयमा काठमाडौंबाट पोखराको लागि ६८ जना यात्रु र ४...
मनहरी–२ मा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुने
मकवानपुर । मकवानपुरको मनहरी गाउपालिका वडा न २ मा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम रत्नलिङ गुम्बा मनहरी–२ को आयोजनामा आगामी माघ १४ गते हुने भएको हो । विगतका वर्षहरुमा पनि कार्यक्रम गरिरहेको हुनाले यस वर्ष पनि कार्यक्रमको आयोजना गर्न लागिएको गुम्बाका अध्यक्ष विष्णुलाल स्याङताले जानकारी...
आज यती एयरलाइन्सका सबै उडान रद्द
काठमाडौं । यती एयरलाइन्सले आज सोमबार हुने सबै उडान रद्द गरेको छ । पोखरामा आइतबार विमान दुर्घटना भएको शोकमा आजका उडान रद्द गरिएको यती एयरलाइन्सले जनाएको छ । कम्पनीले आइतबार नै सूचना प्रकाशित गर्दै आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जानकारी गराएको छ । आइतबार बिहान...
आजको मौसम : तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको र सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । बाँकी भू–भागमा भने सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...








