मकवानपुरमा तामाङको शव फेला

तु खबर संवाददाता
२०७९ माघ १०,मंगलवार १८:२१

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर ६ पकने मराङसिङस्थित एक जनाको शव फेला परेको छ । उक्त शव सोमबार स्थानीय बिरबहादुर ब्लोनको बारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उक्त शव धादिङको गजुरी गाउँपालिका–४ भुमिढुङ्गा बस्ने २२ वर्षीय शंकर तामाङको रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।