अपडेट : हेटौंडामा भेटिएको शवको सनाखत

मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहान भेटिएको शवको सनाखत भएको छ ।
बिहान साढे १० बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ गुम्बाडाँडा मुनि रहेको खोलामा भेटिएको शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उक्त शव चितवनको राप्ति नगरपालिका वडा नम्वर २ गडौली बस्ने ५५ वर्षीय गोपालप्रसाद खतिवडाको रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
उनका अनुसार, खतिवडाको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा लगिएको छ ।
खतिवडाको मृत्यु के कारणले भएको हो भन्ने विषयमा आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।