समाचार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । प्रहरीले बर्दियाबाट बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका–८ घर भएका धर्मराज जैसी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । फरार रहेका जैसीलाई इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले २०७६ फागुन...

पोखरा विमान दुर्घटना अपडेट : ५ जनाको सनाखत (नामावलीसहित)

पोखरा । पोखरामा आज बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ५ जनाको सनाखत भएको छ । सनाखत हुनेमा लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमिया रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१,...

पोखरा विमान दुर्घटना अपडेट : ६२ जनाको शव फेला

काठमाडौं । पोखरामा आज बिहान भएको विमान दुर्घटनास्थलबाट अपराह्न ४ बजेसम्म ६२ जनाको शव फेला परेको छ । नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार, दुर्घटनास्थलबाट ६२ जनाको शव फेला परेको हो । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले हाल खोज तथा उद्धार कार्य जारी...

माधव नेपालद्वारा पोखरा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौंबाट आज बिहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटनामा परेको हो । दुर्घटनाको तत्कालै प्रभावकारी रुपमा उद्धार गर्न अध्यक्ष नेपालले सरकारसँग आग्रह गर्दै उद्धारमा खटिन...

आन्तरिक उडानका सबै विमान परीक्षण गर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनापश्चात आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले सो निर्देशन दिएको हो । बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको...

पोखरा विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन

काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले सदस्यीय दुर्घटना आयोग गठन गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको सरकारका प्रवक्ता उपप्रधानमन्त्री तथा...

भोलि देशभर सार्वजनिक विदा

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ । पोखरामा भएको विमान दुर्घटनामा लगत्तै बसेको मन्त्रिपरिषदको बैठक बसेर भोलि माघ २ गते शोक विदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता विष्णु पौडेलका अनुसार, मन्त्रिपरिषदको बालुवाटारमा बसेको आकस्मिक बैठकले पोखरामा भएको जहाज दुर्घटनामा शोक विदा दिने निर्णय गरेको हो...

पोखरा दुर्घटनामा परेर हालसम्म २९ जनाको मृत्यु

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा आइतबार भएका जहाज दुर्घटनामा परेर हालसम्म २९ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा विज्ञप्ति जारी गर्दै १० महिला, १८ पुरुष र १ जना शिशुको मृत्यु भएको पुष्टि गरेको हो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।...

जेसीआई बसामाडीको अध्यक्षमा जनक भण्डारी चयन

मकवानपुर । जेसीआई बसामाडीको अध्यक्षमा जनक भण्डारी चयन भएका छन् । शनिबार हेटौंडामा भएको २३ औं साधारणसभाबाट जेसीआई बसामाडीको वर्ष २०२३ का लागि अध्यक्षमा भण्डारी चयन भएका हुन् । वर्ष २०२३ का लागि कार्यकारिणी उपाध्यक्षमा उद्धवराज कठायत र मनिष घिमिरे, उपाध्यक्षमा रमेश शर्मा, जेपी यादव, परमेश्वर पौडेल र बासुदेब...

दुर्घटनामा फरार बससहित चालक मकवानपुर प्रहरीको फन्दामा

मकवानपुर । बिहीबार राती पूर्व–पश्चिम राजमार्गअन्तर्गत् मकवानपुरको मनहरीमा ना ३९ प १४३९ नम्वररको स्कुटरलाई ठक्कर दिई फरार बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ना ०३–००१ ख २५३६ नम्वरको बससहित बस चालक राम तामाङलाई नियन्त्रणमा लिएको  मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उक्त...