समाचार

आगामी माघ ३ गते सर्वदलीय बैठक बस्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी माघ ३ गते बस्ने गरी सर्वदलीय बैठक आह्वान गर्ने भएका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ ले विभिन्न सञ्चारमाध्यमहरुका सम्पादकहरुसँगको छलफलमा सभामुखको निर्वाचनअघि सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिएका हुन् । उनले आइतबार बैठकको आह्वान गर्ने पनि बताए । आगामी माघ ५ गते...

वायुसेवाले सञ्चय कोषलाई किस्ता बापतको ३३ करोड रुपैयाँ बुझायो

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पछिल्लो पटक शुक्रबार कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता बापतको ३३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ । कर्मचारी सञ्चय कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याज बापतको रकम भुक्तानी गरिएको हो...

मधेशको सभामुखमा दुई जनाको उम्मेदवारी दर्ता

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । सभामुद पदको लागि नेकपा एमालेका रामचन्द्र मण्डलले र नेपाली कांग्रेसका जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेका मण्डललाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाहेकका अरु राजनीतिक दलले समर्थन गरेका छन् । सत्तारुढ गठबन्धनको भागवण्डामा मधेशको सभामुख...

सुदूरपश्चिमका सभामुखमा आज साँझ पुनः मतदान हुने

धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुख पदमा आज साँझ पुनः मतदान हुने भएको छ । यसअघि बिहीबार भएको मतादानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि आज साँझ ६ बजे पुनः मतदान हुन लागेको हो । आज बिहान बसेको सर्बदलीय बैठकमा सबै दल सहमत भएपछि चुनावको मिति तोकिएको हो । सभामुखका लागि...

मलेसियामा एक नेपालीको ज्यान गयो

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका एक जना नेपालीको गएराति ज्यान गएको छ । बैतडीको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशीको ज्यान गएको हो । रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै ज्यान गएको उनका आफन्त हरि जोशीले जानकारी दिए । जोशीलाई दुई दिन अघि...

खाल्डोमा गाडेकोे अवस्थामा बालकको शव फेला

डडेल्धुरा । डडेल्धुरामा खाल्डोमा गाडेको अवस्थामा एक बालकको शव फेला परेको छ । जिल्लाको आलिताल गाउँपालिका–८ डाँडाखर्कका ७ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्था फेला परेको हो प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन गरेर निकालिइएको छ । प्रहरीले...

जलेको अवस्थामा पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा एक जनाको शव फेला परेको छ । किरातेश्वर मन्दिर भन्दा तल शरीर पुरै जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । हाल अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेको र शव नजिकै...

प्रधानमन्त्री र ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा सरकार विस्तार र सभामुख निर्वाचनको विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार, दुई नेताबीच प्रदेश सरकारलाई पूर्णता...

कर्णालीमा सभामुखका लागि आज मनोनयन दर्ता हुँदै

सुर्खेत । कर्णालीमा सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ । प्रदेश सभा सचिवालयका अनुसार, शनिबार बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ भने ११ बजेदेखि बेलुका ५ बजेसम्म मनोयन दर्ता गर्ने समय तोकिएको छ । यस्तै, अपराह्न ५ः१५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने ५ः३०...

राक्सिराङको १३ औं गाउँसभा : अर्ध वार्षिक समीक्षा अनुमोदनसहित ७ वटा प्रस्ताव पारित

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको १३ औं गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र चैनपुरमा भएको गाउँसभाबाट अर्ध वार्षिक समीक्षा अनुमोदनसहित ७ वटा प्रस्तावमाथि छलफल भई सर्वसम्मत पारित गरिएको हो । कार्यपालिका सदस्यतथा १ नम्वर वडाध्यक्ष बाबिराम मुक्तानले गाउँसभामा चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अनुमोदन सम्बन्धी प्रस्ताव प्रस्तुत...