समाचार

नेकपा एकीकृत समाजवादीले तोक्यो मकवानपुरका स्थानीय तहको कमाण्डर

मकवानपुर । नेकपा एकीकृत समाजावदी पार्टी मकवानपुरका स्थानीय तहको कमाण्डर तोकिएको छ । पार्टी केन्द्रीय निर्देशन अनुसार, शुक्रबार हेटौंडामा भएको जिल्ला कमिटी बैठकले जिल्लाको १० वटै स्थानीय तहमा संगठन बिस्तारको कामलाई अघि बढाउनका लागि जिम्मेवारी तोकिएको हो । पार्टीले संगठन सुद्धिढीकरण अभियानलाई माघदेखि चैत्रसम्म संचालन गर्नका लागि जिल्ला कमिटिका...

लागूऔषधसहित एक जना पक्राउ

मोरङ । मोरङको विराटनगर महानगरपालिका–१५ हुलास चोकबाट नियन्त्रित लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध लुपिजेसिक ३ एम्पुल, डाईजेपाम ३ एम्पुल, फेनारगन ३ एम्पुल, एभिल ३ एम्पुल, नाईट्राभेट ३० ट्याब्लेट, स्पास्मो प्रोक्सिवन २ ट्याब्लेट र सुई ३ थानसहित शुक्रबार एक जनालाई पक्राउ गरेको हो । पक्राउ...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ । तराईका थोरै भू–भागहरूमा हुस्सु–कुहिरो लागेको अवस्था छ । शनिबार कर्णाली, गण्डकी प्रदेश र प्रदेश १का...

दुर्घटनामा परेर गम्भीर घाइते भएका मकवानपुरको सिंतानको उपचारको क्रममा मृत्यु

मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ७ लामिटारमा बिहीबार भएको सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ७ लामिटार बस्ने अन्दाजी ४७ वर्षीय सिन्ताङ साईला भन्ने बल बहादुर सिंतान रहेको...

बागमती प्रदेशसभाको उपसभामुख पदको निर्वाचन माघ २ गते, तीन जनाको मनोनयन दर्ता

मकवानपुर । बागमती प्रदेशसभाको उपसभामुख पदको निर्वाचन आगामी माघ २ गते हुने भएको छ । शुक्रबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा नवनिर्वाचित सभामुख भुवन कुमार पाठकले उपसभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्कालाई निर्देशन दिएका थिए । सोही निर्देशन बमोजिम प्रमुख सचिव खड्काले समयतालिका सार्वजनिक गरेका...

प्रदेश १ का मुख्यमन्त्रीले पाए विश्वासको मत

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले विश्वासको मत प्राप्त गरेका हुन् । प्रदेश १ को प्रदेशसभा बैठकमा बैठकमा कार्कीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत र विपक्षमा ३२...

यातायातका शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । यातायात व्यवस्था कार्यालय, सुकेधाराका पूर्व निमित्त प्रमुख गणेशप्रसाद पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलमाथि गैरकानूनी सम्पत्तिआर्जन गरेको आरोपमा १ करोठ ६ लाख रुपैंया विगो मागदावीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चावहिलका तत्कालीन निमित्त कार्यालय...

स्वदेशमै रहेका नेपालीलाई विदेशमा लगानी गर्न रोक

काठमाडौं । राष्ट्र बैंकले स्वदेशमै रहेका नेपालीलाई विदेशमा लगानी गर्न रोक लगाएको छ । राष्ट्र बैंक अन्तर्गत विदेशी विनिमय व्यवस्थापन विभागले सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा १० (क) ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र सोही ऐनको दफा...

२० लाख धरौटीमा रिहा भए सन्दीप लामिछाने

काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त भएका छन् । उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएकाले उनी आज थुनामुक्त भएका हुन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको...

लोसपा पनि सरकारमा सहभागी हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि सहभागी हुने भएको छ । यस विषयमा प्रधामन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग कुराकानी समेत गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतसमेत दिएको लोसपाले सरकारमा सहभागी...