जनमतलाई दिइने थप मन्त्रालयको बारेमा सोमबार टुङ्गो लाग्ने

तु खबर संवाददाता
२०७९ माघ ८,आईतवार १५:४३
file-photo

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई दिइने मन्त्रालयको विषयमा सोमबार मात्रै टुङ्गो लगाउने भएको छ ।

भागबन्डामा खानेपानी मन्त्रालय पाएको जनमत त्यसप्रति असन्तुष्ट भएपछि प्रधानमन्त्री प्रचण्डले आइतबारसम्म त्यसको टुङ्गो लगाउने भनिएको थियो । तर अब त्यो भाका सोमबारलाई सरेको छ ।

जनमत पार्टीका प्रवक्ता समेत रहेका खानेपानी मन्त्री अब्दुल खानले मन्त्रालयको विषयमा सोमबार मात्र टुङ्गो लगाउने कुराकानी भएको जानकारी दिए ।