नेकपा माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

तु खबर संवाददाता
२०७९ माघ ८, आईतवार १८:०६

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । बैठक यही माघ १२ गते केन्द्रीय कार्यायलमा बस्ने गरी बोलाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यले जानकारी दिए ।

चुनावयता पहिलो पटक बस्न लागेको स्थायी समिति बैठकका एजेन्डामा पार्टी निर्माण, सरकारलाई सहयोग र पार्टीका विभाग तथा जन वर्गीय संगठनको क्रियाशिलता लगायतका छन् ।

स्थायी समिति बैठकले नै केन्द्रीय समिति बैठकको समेत मिति तय गर्नेछ । विभिन्न पार्टीसँग एकताका लागि कार्यलद समेत बनाएको माओवादीले नेपाल समाजवादी पार्टीसँग भने तत्काल एकता गर्ने तयारी गरिरहेको छ ।