समाचार

बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुखद्वारा शपथ ग्रहण

मकवानपुर । बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार मात्रै सभामुख पदमा निर्वाचित पाठकलाई बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले एक समारोहबीच प्रदेशसभा नियमावली २०७४ को उपनियम ८ बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार...

गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले विश्वासको मत प्राप्त गरेका हुन् । प्रदेशसभाको अध्यक्षता गरेका एमालेबाटै निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालका अनुसार, प्रदेशसभा बैठकमा अधिकारीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ३१...

बागमती प्रदेशसभाको बैठक साढे ३ बजेसम्मका लागि स्थगित

मकवानपुर । बागमती प्रदेशसभाको बैठक अपराह्न साढे ३ बजेसम्मका लागि स्थगित भएको छ । प्रदेशको पहिलो बैठकमा सभामुख पदको निर्वाचन परिणाम घोषणा गरेसँगै प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले प्रदेशसभाको बैठक साढे ३ बजेसम्मका लागि स्थगित गरेका हुन् । प्रदेशसभाको आजै बस्ने दोस्रो बैठकमा उपसभामुख पदको निर्वाचनको कार्यतालिका प्रकाशन गरिने...

बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित

मकवानपुर । बागमती प्रदेशसभाको सभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भुवन कुमार पाठक निर्वाचित भएका छन् । शुक्रबार प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका शिवराज अधिकारीलाई पराजित गर्दै पाठक सभामुख पदमा निर्वाचित भएका हुन् । प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाका अनुसार, ११० जना सदस्य रहेको बागमती...

लुम्बिनीमा सभामुखको निर्वाचन माघ ३ मा

रुपन्देही । लुम्बिनी प्रदेशमा प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने भएको छ । प्रदेशसभा सचिवालयले माघ २ गते सोमबार सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । सोही दिन साढे ५ बजे उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यतालिका छ...

आज सुनको भाउ बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको भाउ अघिल्लो कारोबारको तुलनामा बढेको छ । आज सुन प्रतितोला रु ५०० ले बढेको हो । यससँगै शुक्रबार सुन प्रतितोला रु एक लाख ३ हजार ९ सय तोकिएको छ । उक्त सुन हिजो प्रतितोला रु एक लाख ३ हजार ४ सयमा कारोबार...

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सरकारमा सहभागी हुँदै

काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफै पार्टीको नेतृत्व गर्दै सरकारमा जाने भएका छन् । राप्रपा उच्च स्रोतका अनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित ७ दलीय गठबन्धन सरकारमा सहभागी हुने भएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार र बिहीबार भएको मन्त्रालय भागबन्डासम्बन्धी छलफलमा भागबन्डाबारे...

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले आज अपराह्न १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ । नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री...

स्कुल बसको ठक्करबाट वृद्धाको मृत्यु

झापा । झापाको गौरादह नगरपालिका–१ मा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको गौरादह–१ स्थित माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको बसले पैदल यात्री ७२ वर्षीय तुलसा दाहाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । बिहीबार दिउसो ३ बजे ठक्कर दिएकोमा उपचारको क्रममा राति ९ः१५ मा उनको मृत्यु...

गोली पड्केको घटना अनुसन्धानका लागि ३ जना पक्राउ

रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिका–३ त्रिलोकपुरमा गोली चलेको घटना अनुसन्धानका लागि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय १८ वर्षीय दिलिप यादव, २१ वर्षीय विजय भर र भारत महाराजगञ्जका २५ वर्षीय श्रीप्रसाद यादव रहेका छन् । बिहीबार बेलुका ७ बजेतिर गोली पड्केको जस्तो आवाज सुनिएको खबर...