समाचार

घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने

काठमाडौं । नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन् । त्यसको लागि एकीकृत समाजवादीले पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्ने भएको छ । सो पार्टीका अनुसार भुसाललाई स्वागत गर्न शंखमुलस्थित होटल अर्यालयमा दिउँसो २ कार्यक्रम आयोजना गर्ने...

सभामुख र उपसभामुखबारे दलहरुसँग छलफल गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सभामुख र उपसभामुखबारे दलहरुसँग छलफल गर्ने भएको छ । पार्टी शीर्ष नेताहरुको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो । पार्टीका सहमहामन्त्री बद्री पाण्डे भन्छन्, ‘एक्लै हाम्रो मतले जित्ने अवस्था छैन । त्यसैले संसदमा भएका सत्ता पक्ष र अरु दलहरुसँग पुगेर निर्णय गर्छौं ।’ सभापति...

अण्डा, मासु र चल्लाको अवैध आयात रोक्न गृहमन्त्रीको निर्देशन

चितवन । उपप्रधानमन्त्री रवि लामिछानेले अवैध रुपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न विभिन्न जिल्लाका सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछाने बिहीबार चितवनमा कुखुरापालनसँग सम्बन्धित व्यवसायीहरुसँग छलफल गरेका थिए । त्यस क्रममा व्यवसायीले भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको गुनासो...

तीव्र उतारचढावबीच ४१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा ४१.०४ अंकको गिरावट आएको छ । तीव्र उतारचढावबीच बिहीबार नेप्से १.८७ प्रतिशतले घटेर २१४९.३९ बिन्दुमा पुगेर रोकिएको छ । बिहीबार ८३ हजार ११३ कारोबार मार्फत एक करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल ५ अर्ब ४७...

गृह मन्त्रालयद्वारा १७ डीआईजीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । गृह मन्त्रालयले बिहीबारको निर्णयअनुसार उनीहरुको काज सरुवा गरेको हो । मन्त्रालयका अनुसार, डीआईजीहरु नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य, मसाउद आलम खाँ, बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य,...

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले बिहीबार दिउँसो पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । त्यस्तै, नेकपा माओवादी तर्फ बाँके निर्वाचन क्षेत्र नं. १ (१) निर्वाचित सांसद कृष्णा केसीले बिना विभागीय मन्त्रीको जिम्मेवारीसहितको...

पार्टीको निर्देशन विपरित मन्त्रीको दावी गरेपछि बागमतीको उपसभामुखमा परेन उम्मेदवारी

मकवानपुर । बागमती प्रदेशसभाको उपभामुख पदको निर्वाचनको लागि कुनै पनि उम्मेदवारी परेको छैन । उपसभामुख पदको लागि आज बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्मको लागि तोकिएको समयसीमाभित्र कुनै पनि उम्मेदवारी नपरेको बागमती प्रदेशसभा सचिवालयका सचिव एवम् निर्वाचन अधिकृत कृष्णहरि खड्काले जानकारी दिए । सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभाको उपभामुख पद...

बागमती प्रदेशसभा : सभामुख निर्वाचनको लागि तीन जनाको उम्मेदवारी दर्ता

मकवानपुर । बागमती प्रदेशसभाको सभामुख पदमा तीन जनाको उम्मेदवारी परेको छ । सभामुख पदको लागि आज बिहान १०ः३०  बजेदेखि २ बजेसम्मको लागि तोकिएको समयसीमाभित्र तीन जनाको उम्मेदवारी परेको प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुख पदका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट सृजना सैजुले एक नम्वरमा उम्मेदवारी दर्ता...

आफ्नै श्रीमतीको हत्या गरेको आरापमा श्रीमान् पक्राउ

झापा । झापामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–९ खरबन्दी डेरा गरी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएका ३५ वर्षीय बिश्वराज घिसिङ रहेका छन् । घिसिङलाई आफ्नै श्रीमती ३६ वर्षीया प्रमिला भुजेल घिसिङको हत्या गरेको आरोपमा मंगलबार साँझ पक्राउ...

भीमफेदीको ५ वटा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

मकवानपुर । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले जिल्लाको भीमफेदी गाउँपालिकाका विभिन्न ५ वटा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । संघले बुधबार एकैदिन ५ वटा विद्यालयका २५० भन्दा बढी विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) वितरण गरेको हो । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरका अध्यक्ष नेत्रप्रसाद...