समाचार
पेस्तोलसहित २ जना पक्राउ
धनगढी । कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–९ भगवानपुर बस्ने ३६ वर्षीय महेन्द्र देउवा र गौरीगंगा नगरपालिका–४ राजीपुरका ३५ वर्षीय नरेन्द्र खडायत रहेका छन् । उनीहरुलाई देउवाको घरबाट पेस्तोलसहित पक्राउ गरेको हो । उनीहरुलाई विशेष सूचनाको आधारमा पुगेको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)...
प्रदेश १ मा सभामुखको निर्वाचन आज
विराटनगर । प्रदेश १ को सभामुखको निर्वाचन आज हुँदैछ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ । एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश सभा सचिवालयका अनुसार, सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेशसभा बैठक बस्दैछ । माओवादी उम्मेदवार गौतमलाई सत्ता...
बागमतीको सभामुखका लागि कांग्रेसबाट अधिकारी उम्मेदवार बन्ने
मकवानपुर । बागमती प्रदेशसभाको सभामुखका लागि नेपाली कांग्रेसबाट धादिङका शिवराज अधिकारी उम्मेदबार बन्ने भएका छन् । धादिङ क्षेत्र नं. २ (१) बाट समानुपातिकतर्फबाट निर्वाचित सांसद अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिए । सत्ता साझेदार दलहरुको तर्फबाट भने राप्रपाका भुवन...
लुम्बिनीका मुख्यमन्त्री गिरीले आज शपथ लिँदै
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । बुधबार मुख्यमन्त्री नियक्ति भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउने भएका हुन् । प्रदेश राजधानी दाङ देउखुरीस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ बजे सपथग्रहण कार्यक्रम तय गरिएको प्रदेश...
मकवानपुरका दुई जना प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित बुधबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्वर १ बस्ने ६० वर्षीय डिल बहादुर चेपाङ र १९ वर्षीय प्रकाश चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार,...
राष्ट्रिय सभा उप–निर्वाचनका लागि दल दर्ताको समयसीमा आज सकिँदै
काठमाडौं । आगामी माघ २५ गते हुने राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उप– निर्वाचनमा भाग लिन निर्वाचन आयोगले दिएको दल दर्ताको समयसीमा आज सकिँदै छ । उक्त निर्वाचनको लागि बुधबारसम्म दुई वटा दलले मात्रै निवेदन दिएको निर्वाच्न आयोगले जनाएको छ । आयोगका अनुसार, दल दर्ता गर्नेमा नेकपा (एकीकृत...
आज यी ६ प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशभरको हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने पूर्वी तथा मध्य तराईका केही स्थानमा हुस्सु लागेको अवस्था छ । आज दिउँसो र राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका भू–भागमा तथा...
सत्ता गठबन्धनको बैठक आज बस्दै
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुङ्गो लगाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् । तर, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित...
बागमती प्रदेश : सभामुख चयनको लागि आज मनोनयन दर्तादेखि अन्तिम नामावली सार्वजनिक
मकवानपुर । बागमती प्रदेशसभाका सभामुख चयनको लागि आज मनोनयन दर्तादेखि अन्तिम नामावली सार्वजनिक हुने भएको छ । प्रदेशसभा सचिवालयमा आज बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताका समय रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार, निर्वाचनको लागि आज दिउँसो २ः३० देखि ३ः३० बजेसम्म मनोनयन फिर्ताको समय...
निसास्सिएर २ युवकको ज्यान गयो
वीरगञ्ज । पर्सामा निसास्सिएर बुधबार राति दुई जनाको ज्यान गएको छ । पर्साको वीरगञ्ज महानगरपालिका–२२ जगरथानपुर त्रिपति ट्रेडिङ एण्ड सप्लायर्स कोइला डिपोमा निसास्सिएर दुई जना भारतीय नागरिकको ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा भारत बिहारको मोतिहारी घर भएका २९ वर्षका पवित्र गिरी र भारत नै घर भएका...










