समाचार

बागमती गोल्डकप : एपिएफ क्लब क्वाटरफाइनलमा

मकवानपुर । सशस्त्र प्रहरीको एपिएफ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा मच्छिन्द्रको आत्मघाती गोलले एपिएफलाई क्वाटरफाइनल पुर्याएको हो । खेलको पहिलो हाफको १३ औं मिनेटमा एपिएफका मनि लामाको फ्री किक शुट आउट गर्दा मच्छिन्द्रका जर्सी नम्वर १४...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । रावल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्...

इन्द्रसरोवर–२ मा न्यानो कपडा वितरण एवम् निःशुल्क स्वास्थ्य शिविर

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ कुलेखानीमा बुधबार न्यानो कपडा वितरण एवम् निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । इन्द्रसरोवर गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रमअनुसार न्यानो कपडा वितरण तथा स्वास्थ्य शिविर संचालन गरिएको हो । गाउँपालिकाले “सबैको ध्यान, ज्येष्ठ नागरिकको सम्मान” भन्ने नाराका साथ ६८...

कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्माले बुधबार २५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । कर्णाली प्रदेशसभामा...

प्रदेश १ का मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते अर्थात शुक्रबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिए । कार्की आइतबार ६० जना सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा नियुक्त भएका...

‘फरार सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिइसकेको छु’

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका छन् । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले सो कुराको जानकारी गराएका हुन् । सो क्रममा उनले फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ...

बागमती प्रदेश : गठबन्धनबाट राप्रपाका पाठक सभामुख पदका उम्मेदवार बन्ने

मकवानपुर । बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् ।राप्रपाले बुधबार उनलाई सभामुखको उम्मेदवार बनाउने टुंगो लगाएको एक नेताले बताए । सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो । बागमती प्रदेशसभामा सभामुखको निर्वाचन शुक्रबार हुँदैछ । सभामुख...

हेटौंडामा राप्रपा मकवानपुरको आयोजनामा रक्तदान कार्यक्रम

मकवानपुर । राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको ३०१ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको आयोजनामा भएको हो । कार्यक्रममा ३५ जनाले रक्तदान गरेकोे राप्रपा मकवानपुरका प्रवक्ता आयुस कुमार डोटेलले जानकारी दिए । रक्तसञ्चार केन्द्र...

भीरबाट लडेर एक जनाको मृत्यु

रोल्पा । रोल्पामा मंगलबार भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका–५ कालिहाङमा बिजुलीको तार तान्ने क्रममा भीरबाट खसेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पोवाङका ४२ वर्षका हिकलाल पुन रहेका छन् । पुनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रोल्पामा राखिएको छ ।...

चाँदी जस्तो देखिने सेतो धातु बिक्री गर्ने दुई जना पक्राउ

मोरङ । मोरङ प्रहरीले चाँदी जस्तो देखिने सेतो धातु बिक्री गरी ठगी गरेको आरोपमा सोमबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका–१२ बस्ने सुनचाँदीको गहना बनाउने कालिगढ २४ वर्षीय नबिन बिक र सोही ठाउँ बस्ने १९ वर्षीय आयुष बिक रहेका छन् । सुन्दरहरैचा नगरपालिका–९ स्थित बलबहादुर श्रेष्ठको...